Search

शेयर कारोबार भुक्तानी इसेवाबाट गर्ने प्रक्रिया

शेयर कारोबार भुक्तानी इसेवाबाट गर्ने प्रक्रिया
शेयर कारोबार भुक्तानी गर्न बैंक ट्रान्स्फर किन प्रयोग नगर्ने: - कारोबारका रकमकाे लिमिटेसन - बैंक ट्रान्स्फर गर्दा अधिक कारोबार शुल्क लाग्ने - ब्रोकरलाई ग्राहकको पहिचान गर्न कठिनाई हुने - ग्राहक पहिचान नहुदा भुक्तानी यकिन गर्न ब्रोकरलाई समय लाग्ने   त्यसो भए सहि तरीका के हो त ?  शेयर ब्रोकरको भुक्तानी इसेवाबाट निम्न लिखित प्रक्रियाबाट सजिलै गर्न सक्नु हुनेछ। - इसेवामा लग इन गरी Broker Payment मा जानुहोस्‌ - आफ्नो ब्रोकर छान्नुहोस्‌ - यहाँ शेयर कारोबार भुक्तानी छान्नुहोस्‌ - अब नाम, ग्राहक ID, मोबाईल नम्बर, के को भुक्तानी गर्दै हुनुहुन्छ र रकम राख्नुहोस्‌ यति गरेपछि विवरण यकिन गरी भुक्तानी प्रक्रिया पूरा गर्नुहोस्‌।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।