Search

इसेवाबाट आन्तरिक राजस्व कार्यालयकाे भुक्तानी गर्न सकिने!

इसेवाबाट आन्तरिक राजस्व कार्यालयकाे भुक्तानी गर्न सकिने!

एक दशक अगाडी दैनिक आवश्यकता सेवाहरूकाे बिल भुक्तानी गर्न नेपालमा सेवा प्रदायककाे काउन्टर अगाडी लामाे घुइँचाे देख्ने गरिन्थ्यो। आज प्रविधिकाे विकास र बैँक तथा वित्तिय संस्था साथै डिजिटल वालेटहरूकाे स्थापना र सार्थक प्रयास सँगै ग्राहकहरूले सजिलै आफ्नै माेबाइलमा रहेकाे इसेवा एप वा वेबसाइट मार्फत भुक्तानी गर्न सक्दछन्। ग्राहकहरूकाे सहजताका लागि हामीले निरन्तर धारा, बत्ती, टपअप, अनलाइन शपिङ्ग जस्ता धेरै भन्दा धेरै सेवाहरू इसेवामा आवद्ध गराइ रहेका छाैँ । 

सेवा प्रदान गर्ने क्रममा ग्राहकहरूले धेरै पटक सरकारी भुक्तानीकाे उपलब्धता बारे जिज्ञासा राख्नुहुन्छ। सो सेवा इसेवामा अब उपलब्ध भएको छ र कर दाताहरुले सजिलै आन्तरिक राजस्व कार्यालयकाे भुक्तानी गर्न सक्नु हुनेछ । याे सुविधा इसेवामा उपलब्ध भए सँगै अब तपाईंले सम्पत्ती कर, व्यवसाय कर, तथा अन्य सेवा शुल्क इसेवाबाटै बुझाउन सक्नुहुन्छ । 

इसेवाबाट आन्तरिक राजस्वमा शुल्क भुक्तानी कसरी गर्ने?

१. सर्वप्रथम आन्तरिक राजस्व कार्यालयकाे वेबसाइट खाेल्नुहाेस् । Inland revenue Department "आन्तरिक राजस्व विभाग" Home page २. अब ‘करदाताकाे पाेर्टल’ मा थिच्नुहाेस् र बाँया पट्टि रहेकाे “General” मा थिची भित्रकाे “Taxpayer Login” मा थिच्नुहाेस् । Click on Taxpayer Portal " करदाता पोर्टल" ३. अबकाे पेजमा स्थायी लेखा नम्बर र प्रयाेगकर्ताकाे नम्बरमा आफ्नाे व्यवसयाकाे स्थायी लेखा नम्बर (PAN number) भरी पास्वर्ड भरी अगाडी बढ्नुहाेस् । Click on General and taxpayer portal to login ४. अब “Payment Voucher” मा  थिच्नुहाेस् । Click on Payment Voucher ५. रकम जम्मा हुने बैंकमा “एभरेष्ट बैंक लि.” वा  “राष्ट्रिय वाणिज्य बैंक लि.” वा “ग्लोबल आइएमई बैंक लि.” वा “एन आई सी एशिया बैंक लि.” वा “कुमारी बैंक लिमिटेड” वा “नेपाल बैंक लिमिटेड” वा “कृषि विकास बैंक लिमिटेड” छान्नुहाेस् । Select Everest Bank Limited ६. अब रकम बुझाउन चाहनुभएकाे करकाे प्रकार, राजस्व शिर्षक, र कर बापत छानी राजस्व रकम भर्नुहाेस् । आर्थिक वर्ष साथै टि.डि.एस छानी “Generate Transaction Code” मा थिच्नुहाेस्।  Enter your details as listed ७. अब पेजमा देखाइएकाे Transaction Code टिपी इसेवाकाे वेबसाइट खाेल्नुहाेस् । Copy the transaction code and Visit eSewa website ८. यहाँ Government Payment मा रहेकाे “Inland Revenue Department (IRD)” मा थिच्नुहाेस् । ९. अब EBP Number मा अगाडी टिप्नुभएकाे Transaction Code भर्नुहाेस् र पुनः शुल्क भरी “Check” मा थिच्नुहाेस् । १०. देखाइएकाे विवरण सबै ठिक छ भन्ने निश्चित गरी शुल्क बुझाउने प्रक्रिया पुरा गर्नुहाेस् ।

तपाईंले शुल्क बुझाउने कार्य सफल भयाे कि भएन भनी राजस्वकाे वेबसाइटमा हेर्न सक्नुहुन्छ । भुक्तानी सफल भएपश्चात “पुरानाे भुक्तानीकाे अवस्था” मा “Complete” भनेर देखिनेछ ।