नियमित ग्राहकलाई भुक्तानी सम्झाउँदा कहिलेकाहीँ अप्ठ्यारो लाग्न सक्छ । “फेरि पैसा माग्दा नराम्रो मान्नुहोला कि?” भन्ने संकोचले सम्झाउने कुरा अर्को भेटसम्म सर्छ । तर उठ्न बाँकी रकमबारे ग्राहकलाई सम्झाउनु पनि आवश्यक हुन्छ ।
भुक्तानी सम्झाउनुअघि उहाँले कति तिर्न बाँकी छ भन्ने हिसाब पनि स्पष्ट हुनुपर्छ । कसैले केही रकम तिरिसक्नुभएको हुन्छ, कसैले पुरानो रकम बाँकी छँदै थप सामान उधारो लिनुभएको हुन्छ । नयाँ उधारो र प्राप्त भुक्तानीको हिसाब मिलेको छ भने कति रकम माग्ने भन्नेमा तपाईं ढुक्क हुन सक्नुहुन्छ ।
लेनदेन eSewa Business App भित्र उपलब्ध उधारो व्यवस्थापन सेवा हो । यसबाट तपाईंले उधारोको हिसाब राख्न, बाँकी रकम हेर्न र ग्राहकलाई भुक्तानी अनुरोध पठाउन सक्नुहुन्छ ।
पहिले, उधारो लिन बाँकी रकमको हिसाब मिलाउनुहोस् ।
मानौँ, तपाईंको पसलका एक जना ग्राहकले रु. २,००० को सामान उधारो लिनुभयो । केही दिनपछि रु. १,००० तिर्नुभयो र फेरि रु. १,५०० को सामान उधारो लिनुभयो। अब उहाँले तिर्न बाँकी रकम रु. २,५०० हुन्छ ।
तिरेको रु. १,००० हिसाबमा राख्न छुट्यो भने पहिले नै तिरेको रकम पनि फेरि मागिन सक्छ । पछिल्लो उधारो लेख्न छुट्यो भने उठ्नुपर्ने रकम कम देखिन्छ । त्यसैले भुक्तानी अनुरोध पठाउनुअघि नयाँ उधारो र प्राप्त भुक्तानी दुवै हिसाबमा परेका छन् कि छैनन् जाँच्नुहोस् ।
लेनदेनमा राखिएको उधारो विवरण हेरेर कुन ग्राहकको कति रकम बाँकी छ थाहा पाउन सक्नुहुन्छ । यसरी हिसाब जाँच्दा ग्राहकलाई सही रकमको भुक्तानी सम्झाउन सजिलो हुन्छ ।
भुक्तानी सम्झाउँदा रकम र तिर्ने मिति स्पष्ट राख्नुहोस् ।
ग्राहकसँग भुक्तानीबारे कुरा गर्दा कुन हिसाबको कति रकम बाँकी छ भन्ने स्पष्ट गर्नुहोस् । तिर्ने मिति तय भएको छ भने त्यही मितिलाई आधार मानेर सम्झाउनुहोस् ।
मिति तय भएको छैन भने कुराकानी गर्दा यसरी सोध्न सक्नुहुन्छ: “तपाईंको हिसाबमा रु. २,५०० बाँकी छ। यो रकम कहिलेसम्म मिलाउन सक्नुहुन्छ?”
ग्राहकले पछि तिर्ने भन्नुभयो भने उहाँसँग मिलेर तिर्ने मिति तय गर्नुहोस् र टिपेर राख्नुहोस् । यसले अर्को पटक कहिले र कुन रकमबारे सम्झाउने भन्ने स्पष्ट आधार दिन्छ ।
लेनदेनबाट भुक्तानी अनुरोध पठाउनुहोस् ।
हिसाब जाँचिसकेपछि लेनदेनबाट ग्राहकलाई बाँकी रकमको भुक्तानी अनुरोध पठाउन सक्नुहुन्छ । eSewa खाता भएका ग्राहकले आफ्नो eSewa App मा अनुरोध पाउँछन् र त्यहीँबाट उधारो भुक्तानी गर्न सक्छन् ।
यसरी भुक्तानी सम्झाउन ग्राहकसँग भेट हुने समय पर्खनुपर्दैन। पसलमा आउन नभ्याएका ग्राहकले पनि आफ्नो eSewa App बाटै रकम तिर्न सक्छन् । तपाईंका लागि भुक्तानी सम्झाउने र ग्राहकका लागि रकम तिर्ने माध्यम एउटै अनुरोधबाट उपलब्ध हुन्छ ।
आजै एउटा बाँकी हिसाबबाट सुरु गर्नुहोस् ।
eSewa Business App मा लेनदेन खोलेर उधारो कारोबार हुने एक जना ग्राहक थप्नुहोस् र उधारोको विवरण राख्नुहोस् । तिर्न बाँकी रकम जाँच्नुहोस् र उहाँको eSewa खाता छ भने भुक्तानी अनुरोध पठाउनुहोस् ।
