Search

Bank Account Link गरी सजिलै eSewa Wallet Load गर्नुहोस्

Bank Account Link गरी सजिलै eSewa Wallet Load गर्नुहोस्

सन् २००९ मा स्थापना भएदेखि नै ग्राहकहरूलाई सहज र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको eSewa ले समय र प्रविधिको विकाससँगै आफ्ना सेवाहरू विस्तार गर्दै आएको छ । ग्राहकहरूको समय र खर्च दुवै बचत गर्ने उद्देश्यले eSewa मा विभिन्न सुविधाहरू उपलब्ध छन् ।

eSewa प्रयोगकर्ताहरूले Mobile Banking तथा Internet Banking मार्फत आफ्नो eSewa Wallet मा रकम जम्मा गर्न सक्नुहुन्छ ।

अब Mobile Banking प्रयोगकर्ताहरूले हरेक पटक रकम जम्मा गर्न Mobile Banking Login Portal खोलिरहनु पर्दैन । एकपटक आफ्नो बैंक खाता eSewa मा Link गरेपछि सजिलै रकम जम्मा गर्न सक्नुहुन्छ ।

बैंक तथा वित्तीय संस्थाको खाता eSewa मा Link गर्ने तरिका:

बैंक खाता Link गर्न निम्न प्रक्रिया अपनाउनुहोस्:

  1. eSewa मा Login गरी Homepage मा रहेको Load Money अप्सनमा जानुहोस् ।
  2. Link Bank Account मा क्लिक गर्नुहोस् ।
  3. Mobile Banking सेवा लिनुभएको बैंक तथा वित्तीय संस्था छनोट गर्नुहोस् ।
  4. आफ्नो बैंक खाता नम्बर राख्नुहोस् ।
  5. अब खुल्ने Mobile Banking Login Portal मा आफ्नो Mobile Number र Password राखी Login मा क्लिक गर्नुहोस् । 
  6. मोबाइलमा प्राप्त OTP राखी Pay मा क्लिक गर्नुहोस् ।

यति गरेपछि तपाईंको बैंक खाता eSewa मा Link हुनेछ ।

Link भएको बैंक खाताबाट eSewa मा रकम जम्मा गर्ने तरिका

आफ्नो Link भएको बैंक खाताबाट eSewa मा रकम जम्मा गर्न निम्न प्रक्रिया पूरा गर्नुहोस्:

  1. eSewa को Homepage मा रहेको Load Money अप्सनमा जानुहोस् ।
  2. आफूले Link गर्नुभएको बैंक खातामा Load मा क्लिक गर्नुहोस् ।
  3. eSewa मा जम्मा गर्न चाहेको रकम र रकम जम्मा गर्नुको उद्देश्य उल्लेख गरी Proceed मा क्लिक गर्नुहोस् ।
  4. विवरण सही भए/नभएको जाँच गरी Load Fund मा क्लिक गर्नुहोस् ।
  5. आफ्नो MPIN वा Fingerprint प्रयोग गरी कारोबार पूरा गर्नुहोस् ।

यति गरेपछि तपाईंको eSewa Wallet मा तुरुन्तै रकम जम्मा हुनेछ ।

Transaction Limit

विवरण

रकम

कारोबार संख्या

प्रति कारोबार

रु. ५०,०००

–

प्रति दिन

रु. १,००,०००

१० पटक

प्रति महिना

रु. ५,००,०००

१०० पटक

नोट:

  • यो सेवा प्रयोग गर्न तपाईंको eSewa Wallet Verified हुनु आवश्यक छ ।
  • eSewa मा दर्ता भएको मोबाइल नम्बर र Mobile Banking मा दर्ता भएको मोबाइल नम्बर एउटै हुनुपर्छ ।
  • यदि दुवैमा फरक मोबाइल नम्बर छ भने eSewa मा उक्त नम्बर Secondary ID का रूपमा राख्न सक्नुहुन्छ ।

हाल eSewa मा खाता Link गर्न उपलब्ध बैंक तथा वित्तीय संस्थाहरू

हाल निम्न बैंक तथा वित्तीय संस्थाहरूमा खाता Link गरी eSewa मा रकम जम्मा गर्न सकिन्छ ।

वाणिज्य बैंकहरू (Commercial Banks)

  1. AGRICULTURAL DEVELOPMENT BANK LTD.
  2. GLOBAL IME BANK LTD.
  3. NABIL BANK LTD.
  4. RASTRIYA BANIJYA BANK LTD.
  5. SIDDHARTHA BANK LTD.
  6. PRABHU BANK LTD.
  7. LAXMI SUNRISE BANK LTD.
  8. NEPAL INVESTMENT MEGA BANK LTD.
  9. CITIZENS BANK INTERNATIONAL LTD.
  10. EVEREST BANK LTD.
  11. MACHHAPUCHCHHRE BANK LTD.
  12. NEPAL BANK LTD.
  13. NMB BANK LTD.
  14. PRIME COMMERCIAL BANK LTD.

विकास बैंकहरू (Development Banks)

  1. KAMANA SEWA BIKAS BANK LTD.
  2. GARIMA DEVELOPMENT BANK LTD.
  3. JYOTI BIKAS BANK LTD.
  4. SHINE RESUNGA DEVELOPMENT BANK LTD.
  5. MAHALAXMI BIKAS BANK LTD.
  6. SHANGRILA BIKAS BANK LTD.
  7. MUKTINATH BIKAS BANK LTD.
  8. EXCEL DEVELOPMENT BANK LTD.
  9. SAPTAKOSHI DEVELOPMENT BANK LTD.
  10. SINDHU BIKAS BANK LTD.
  11. KARNALI DEVELOPMENT BANK LTD.
  12. GREEN DEVELOPMENT BANK LTD.
  13. MITERI DEVELOPMENT BANK LTD.
  14. SALAPA BIKAS BANK LTD.

फाइनान्स कम्पनीहरू (Finance Companies)

  1. MANJUSHREE FINANCE LTD.
  2. POKHARA FINANCE LTD.
  3. ICFC FINANCE LTD.
  4. PROGRESSIVE FINANCE LTD.
  5. MULTIPURPOSE FINANCE LIMITED
  6. GOODWILL FINANCE LTD.
  7. RELIANCE FINANCE LTD.
  8. CENTRAL FINANCE LTD.
  9. GUHESWORI MERCHANT BANKING & FINANCE LTD.
  10. SHREE INVESTMENT AND FINANCE COMPANY LTD.
  11. BEST FINANCE COMPANY LTD.
  12. NEPAL FINANCE LTD.

थप जानकारी वा कुनै सहायता आवश्यक परेमा हाम्रो  टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोस् । 

  • टोल फ्री नम्बर: 1660-01-02121