Search

आधिकारिक प्रतिनिधि (इसेवा एजेन्ट) हरूका लागि P2P Transaction सम्बन्धी महत्त्वपूर्ण सूचना

  • 10 Likes
आधिकारिक प्रतिनिधि (इसेवा एजेन्ट) हरूका लागि P2P Transaction सम्बन्धी महत्त्वपूर्ण सूचना

नेपाल राष्ट्र बैंकको निर्देशन तथा इसेवाको आधिकारिक प्रतिनिधि (A.R.) नीति अनुसारआधिकारिक प्रतिनिधि (इसेवा एजेन्ट) खातासम्बन्धी एक महत्त्वपूर्ण परिवर्तन ल्याएको छ  

उक्त व्यवस्था अनुसार, हालसम्म आधिकारिक प्रतिनिधि (इसेवा एजेन्ट) खातामा उपलब्ध रहेको P2P Transaction (Receive Money) सेवा, जेष्ठ १५, २०८३ देखि निष्क्रिय गरिनेछ, जस अनुसार प्रयोगकर्ताले आधिकारिक प्रतिनिधि (इसेवा एजेन्ट) खातामा सिधै रकम पठाउन र आधिकारिक प्रतिनिधि (इसेवा एजेन्ट) ले सो रकम प्राप्त गर्न मिल्ने छैन । 

किन यो परिवर्तन गरिएको हो ?

यो व्यवस्था नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी निर्देशन अनुसार लागू गरिएको हो । नियामक मापदण्डको पालना गर्दै भुक्तानी प्रणालीलाई अझ सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले यो परिवर्तन गरिएको हो । 

नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको निर्देशन सम्बन्धी थप जानकारीका लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस्:
👉 नेपाल राष्ट्र बैंकको आधिकारिक निर्देशन

अब कसरी रकम प्राप्त गर्ने ?

P2P Receive सेवा बन्द भए पनि, आधिकारिक प्रतिनिधिहरू (इसेवा एजेन्ट) ले आफ्नो व्यवसाय सञ्चालनमा कुनै बाधा नपर्ने गरी eSewa Business QR मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले QR स्क्यान गरी सजिलै रकम भुक्तानी गर्न सक्ने व्यवस्था उपलब्ध रहनेछ ।

यो परिवर्तनले आधिकारिक प्रतिनिधि (इसेवा एजेन्ट) सेवाहरूलाई अझ व्यवस्थित, सुरक्षित र नियामक अनुरूप बनाउने अपेक्षा गरिएको छ ।  

यदि तपाईं इसेवाको आधिकारिक प्रतिनिध (इसेवा एजेन्ट) हुनुहुन्छ भने, कृपया आफ्नो कारोबार eSewa Business QR मार्फत अद्यावधिक गर्नुहुन अनुरोध गरिन्छ ।  

यदि यस सम्बन्धमा थप जानकारी आवश्यक भएमाकृपया इसेवासँग सम्पर्क गर्नुहोस्   

📧 इमेल ठेगानाः agent@esewa.com.np  
📱 Viber Number: +977 3213132131