Search

उधारोको हिसाब राख्नेदेखि भुक्तानी सम्झाउनसम्म, अब सबै लेनदेनबाटै!

उधारोको हिसाब राख्नेदेखि भुक्तानी सम्झाउनसम्म, अब सबै लेनदेनबाटै!

यो हिसाब पछि मिलाउँला”, “अर्को पटक आउँदा पैसा दिनुहोलाजस्ता कुरा साना व्यवसायमा सामान्य हुन् ग्राहक नियमित छन्, कारोबार चलिरहेको छ र उधारो पनि दैनिक कारोबारकै एउटा हिस्सा बनेको हुन्छ

तर दिनभरि यस्तै कारोबार दोहोरिँदा सबै हिसाब सम्झेर राख्न सजिलो हुँदैन । कसैको पुरानो रकम बाँकी हुन सक्छ, कसैले केही रकम तिरेर फेरि उधारो थपेको हुन सक्छ, त कसैलाई भुक्तानी सम्झाउनुपर्ने समय भइसकेको हुन सक्छ । समस्या त्यतिबेला सुरु हुन्छ, जब कुन ग्राहकको कति रकम बाँकी छ भन्ने कुरा सम्झनामा, कापीका पानामा वा छुट्टाछुट्टै हिसाबमा खोज्नुपर्ने अवस्था आउँछ

यही दैनिक कामलाई अझ व्यवस्थित बनाउन लेनदेन आएको छ ग्राहकको उधारो हिसाब राख्नेदेखि बाँकी रकमको भुक्तानी सम्झाउनसम्म, उधारो व्यवस्थापनका यी कामलाई एउटै प्रक्रियामा ल्याउन लेनदेन ले सहयोग गर्छ

अब लेनदेनले कसरी काम गर्छ र दैनिक उधारो व्यवस्थापनलाई कसरी सहज बनाउन सक्छ?

लेनदेन के हो?

उधारो कारोबारलाई व्यवस्थित गर्न व्यवसायीले ग्राहकको हिसाब राख्नेदेखि बाँकी रकमको भुक्तानी सम्झाउनसम्म विभिन्न काम गर्नुपर्छ । लेनदेनले यी दैनिक कामलाई एउटै प्रक्रियामा व्यवस्थापन गर्दै eSewa मार्फत रकम अनुरोध गरी भुक्तानी प्राप्त गर्न पनि सहज बनाउँछ

लेनदेन, eSewa Business App भित्र उपलब्ध उधारो व्यवस्थापनसम्बन्धी सुविधा हो यसमार्फत व्यवसायीले ग्राहकलाई सिस्टममा add गरी उधारो कारोबारको डिजिटल रेकर्ड राख्न, बाँकी रकमको भुक्तानीका लागि app बाटै notify गर्न तथा eSewa मार्फत रकम अनुरोध गरी भुक्तानी प्राप्त गर्न सक्छन्  

लेनदेनको उद्देश्य केवल कापीको उधारो हिसाबलाई डिजिटल बनाउनु मात्र होइन । कुन ग्राहकको कति रकम बाँकी छ भन्ने जानकारी राख्न र त्यसको भुक्तानी व्यवस्थापनलाई सहज बनाउन व्यवसायीलाई सहयोग गर्नु हो

१. ग्राहकको उधारो हिसाब व्यवस्थित रूपमा राख्न सकिन्छ

दैनिक कारोबारमा एउटै ग्राहकसँग पटक–पटक उधारो कारोबार हुन सक्छ । कसैले पुरानो रकमको केही हिस्सा तिर्न सक्छ, फेरि नयाँ सामान उधारोमा लिन सक्छ । ग्राहक र कारोबारको संख्या बढ्दै जाँदा यस्ता सबै विवरण सम्झनामा मात्र राख्न सजिलो हुँदैन

उधारोको कुनै कारोबार लेख्न छुट्दा वा पुरानो हिसाब समयमै अद्यावधिक नहुँदा, उठ्नुपर्ने रकम नै छुट्ने अवस्था आउन सक्छ सानो रकम जस्तो देखिए पनि यस्ता हिसाब धेरै ग्राहकमा बाँकी रहँदा व्यवसायमा ठूलो असर पर्न सक्छ

लेनदेनमा ग्राहक add गरि सम्बन्धित उधारो कारोबारको रेकर्ड राख्न सकिन्छ । यसले व्यवसायीलाई ग्राहकअनुसारको हिसाब व्यवस्थित रूपमा राख्न र आवश्यक पर्दा हेर्न सहज बनाउँछ

यसरी हरेक कारोबार सम्झनामा राख्नुपर्ने वा पुरानो हिसाब खोज्दै बस्नुपर्ने झन्झट कम गर्दै, उधारोको रेकर्डलाई व्यवस्थित रूपमा राख्न सकिन्छ

२. उठ्न बाँकी रकमबारे स्पष्ट जानकारी

एउटा ग्राहकको सानो रकमभन्दा पनि धेरै ग्राहकबाट उठ्न बाँकी रकम जोडिँदा व्यवसायमा उल्लेख्य रकम अड्किएको हुन सक्छ । तर दैनिक बिक्री र अन्य कारोबारबीच कुल कति रकम उठ्न बाँकी छ भन्ने कुरा छुट्टै हिसाब नगरी बुझ्न सजिलो हुँदैन

लेनदेनमा राखिएको उधारो रेकर्डका आधारमा व्यवसायीले ग्राहकअनुसारको बाँकी हिसाब हेर्न सक्छन् । यसले कुन ग्राहकबाट कति रकम उठ्न बाँकी छ भन्ने जानकारी स्पष्ट रूपमा राख्न सहयोग गर्छ

यस्तो जानकारी स्पष्ट हुँदा व्यवसायीलाई आफ्नो उधारो कारोबारको अवस्था बुझ्न र कुन रकमको फलो-अप आवश्यक छ भन्नेबारे निर्णय गर्न सहज हुन्छ

३. भुक्तानीका लागि  Notify गर्न पनि सहज

उधारोको रकम कति बाँकी छ भन्ने थाहा हुनु एउटा कुरा हो, तर समयमै भुक्तानीका लागि  Notify गर्नु अर्को चुनौती हो । विशेषगरी नियमित ग्राहकसँग कारोबार गर्दा बारम्बार पैसा सम्झाउनुपर्ने अवस्था व्यवसायीका लागि सहज नहुन सक्छ

लेनदेनमा राखिएको उधारो हिसाबका आधारमा बाँकी भुक्तानीबारे ग्राहकलाई सजिलै सुचित गर्न सकिन्छ eSewa प्रयोग गर्ने ग्राहकका लागि भुक्तानीको सम्झना स्वतः पठाउन सकिने सुविधाले व्यवसायीलाई हरेक पटक छुट्टै फलो-अप गर्नुपर्ने झन्झट कम गर्न सहयोग गर्छ

यसरी उधारोको हिसाब राख्ने कामसँगै समयमै भुक्तानीका लागि  ग्राहकलाई सम्झाउने प्रक्रियालाई पनि व्यवस्थित गर्न सकिन्छ, जसले व्यवसायीलाई आफ्नो बाँकी रकमको फलो-अप गर्न थप सहज बनाउँछ

लेनदेन कसरी काम गर्छ?

लेनदेनको प्रयोग एकदमै सरल र सहज छ । एक व्यापारीको रूपमा तपाईंले आफ्नो उधारो हिसाब यसरी व्यवस्थित गर्न सक्नुहुन्छ:

  • ग्राहक Add गर्नुहोस्: उधारो कारोबार हुने ग्राहकको नाम र विवरण लेनदेनमा राख्नुहोस्
  • उधारो हिसाब राख्नुहोस्: कुन ग्राहकलाई कति रकम वा सामान उधारो दिनुभयो, मितिसहित तुरुन्तै Entry गर्नुहोस् 
  • बाँकी रकम हेर्नुहोस्: कुन ग्राहकको कति हिसाब उठ्न बाँकी छ, तपाईंले जुनसुकै बेला एकै ठाउँबाट हेर्न सक्नुहुन्छ।
  • भुक्तानीका लागि ग्राहकलाई Notify गर्नुहोस्: समयमा रकम असुल गर्न ग्राहकलाई सजिलै फलो-अप वा भुक्तानीको Reminder पठाउनुहोस्

यसरी ग्राहक जोड्नेदेखि हिसाब-किताब राख्ने र भुक्तानीको फलो-अप गर्नेसम्मका सम्पूर्ण काम तपाईंले लेनदेन मार्फत एउटै ठाउँबाट सजिलै सम्हाल्न सक्नुहुन्छ

लेनदेन कसका लागि हो?

लेनदेन ग्राहकलाई उधारोमा सामान वा सेवा दिने व्यवसायलाई आफ्नो उधारो कारोबार व्यवस्थित गर्न बनाइएको हो । किराना पसल, खाजा घर तथा क्याफे, मासु पसल र सडकमा व्यवसाय गर्ने व्यापारीहरू यसका प्रमुख प्रयोगकर्तामध्ये पर्छन्

यदि व्यवसायमा ग्राहकको उधारो हिसाब राख्नुपर्छ, बाँकी रकम सम्झनुपर्छ र भुक्तानी लिन फलोअप गर्नुपर्छ भने, लेनदेनले यी कामलाई व्यवस्थित बनाउन मद्दत गर्छ

निष्कर्ष

उधारो कारोबार साना व्यवसायको दैनिक कामको एउटा सामान्य हिस्सा हो । तर ग्राहक र कारोबार बढ्दै जाँदा कसको कति रकम बाँकी छ भनेर हिसाब राख्ने र समयमै भुक्तानी सम्झाउने काम झन्झटिलो हुन सक्छ

लेनदेनले यही कामलाई सरल र व्यवस्थित बनाउन सहयोग गर्छ । ग्राहक थप्नेदेखि उधारोको रेकर्ड राख्ने, बाँकी रकम हेर्ने र भुक्तानीका लागि ग्राहकलाई Notify गर्नेसम्म, उधारो व्यवस्थापनका आवश्यक काम अब एउटै ठाउँबाट गर्न सकिन्छ

अब उधारोको हिसाब सम्झनामा वा कापीका पानामा खोजिरहनुपर्ने झन्झट कम गरौं । उधारो कारोबारको हिसाब लेनदेनमै व्यवस्थित गरौं