इसेवा मार्फत बिदेशबाट सामाजिक सुरक्षा कोषमा योगदान रकम कसरी जम्मा गर्ने? अब रकम जम्मा गर्न एकदमै सजिलो छ है! विस्तृत प्रकृया यस प्रकार छ:
१) सर्वप्रथम सामाजिक सुरक्षा कोषको वेबसाइट https://sosys.ssf.gov.np/ मा गएर “योगदानकर्ता पोर्टल” मा क्लिक गर्नुहोस् ।

२) देखिएको स्क्रिनमा User Name मा आफ्नो ११ अंकको SSID राख्नुहोला,Password मा आफ्नो पासवर्ड राख्नुहोस् र SSID मा पुनः आफ्नो ११ अंकको SSID राख्नुहोस्। पासवर्ड बिर्सिएको खण्डमा Reset Password मा क्लिक गर्नुहोस् ।

३) Login भएपछि Collection मेनुमा क्लिक गर्नुहोला ।

४) नयाँ Submission Number को लागि GetSubNo मा क्लिक गर्नुहोला ।

५) त्यसपछि OK मा क्लिक गर्नुहोस् ।

६) देखिएको स्क्रिनमा आफुले कति महिनाको योगदान जम्मा गर्न चाहेको हो त्यो यकिन गर्नुहोस् ।

७) सबै विवरण भरे पश्चात Save अथवा Submit मा क्लिक गर्नुहोला , Save गर्नुभएमा पछि फेरि संशोधन गर्न सकिनेछ भने Submit पश्चात कुनै पनि किसिमको संशोधन गर्न सकिने छैन ।

८) त्यसपछि OK मा क्लिक गर्नुहोस् ।


९) यसरी प्राप्त Submission Number र SSID लाई आफ्नो इसेवा एप मा Govt. Payment भित्र रहेको Social Security Fund (SSF) मा राख्नुहोस् ।

१०) देखिएको विवरण रुजु गरी आफ्नो भुक्तानी सम्पन्न गर्नुहोस् ।

