Search

eSewa Business App: व्यवसायको Digital साथी

eSewa Business App: व्यवसायको Digital साथी

व्यवसाय चलाउँदा हरेक दिन धेरै कुरा हेर्नुपर्छ । कति कारोबार भयो, पैसा कति आयो, balance कति छ, statement कहाँ हेर्ने, आवश्यक documents कहिले बुझाउने जस्ता साना–ठूला सबै कुरा एक व्यवसायीको दैनिकीमै पर्छन् ।

डिजिटल payment बढ्दै जाँदा यी कारोबारलाई सजिलै monitor र manage गर्न मिल्ने माध्यम पनि उत्तिकै आवश्यक हुन्छ । यही आवश्यकतालाई ध्यानमा राख्दै हामीले ल्याएका छौँ, eSewa Business App ।

पहिले eSewa Merchant App का रूपमा चिनिने eSewa Business App, व्यवसायीहरूले आफ्नो दैनिक कारोबार अझ सजिलो तरिकाले manage गर्न सक्ने mobile application हो । यसबाट आवश्यक परेमा बिना कुनै झन्झट MDD/KYM documents जस्ता कागजातहरू app बाटै बुझाउन सजिलै मिल्छ ।

साथै, ग्राहकले गरेको payment तुरुन्त verify गर्ने, transactions र statements हेर्नेदेखि balance check गर्ने, available funds withdraw गर्ने लगायतका काम गर्न सकिन्छ । अर्थात्, व्यवसायसँग सम्बन्धित महत्वपूर्ण जानकारी र आवश्यक सुविधाहरू अब एउटै app मा ।

eSewa Business App का विशेषताहरू

1. Track Payments in Real Time
ग्राहकले भुक्तानी गरेपछि eSewa Business App बाटै payment status तुरुन्तै check र verify गर्न सकिन्छ । यसले payment receive भए/नभएको real time मै थाहा पाउन र कारोबारलाई सहज रूपमा track गर्न मद्दत गर्छ ।

2. Business Dashboard
Business App मा रहेको Dedicated Dashboard बाट व्यवसायसँग सम्बन्धित महत्वपूर्ण जानकारी, जस्तै दैनिक कारोबार र wallet balance लगायतको overview सहजै हेर्न सकिन्छ ।

3. Withdraw Instantly, Anytime
व्यवसायमा पैसा कहिले आवश्यक पर्छ भनेर पहिल्यै भन्न सकिँदैन । आवश्यक पर्दा Business App बाट आफ्नो available balance linked account मा anytime, free of charge (नि:शुल्क) withdraw गर्न सकिन्छ ।

4. Transactions & Statements
Business App बाट payment र withdrawal history anytime, anywhere हेर्न सकिन्छ । यसले आफ्नो व्यवसायका कारोबारहरू कहाँ र कति भए भन्ने कुरा सजिलै track गर्न
सकिन्छ

5. Know Your Balance at a Glance
अहिले balance कति छ?” भनेर छुट्टै हिसाब गरिरहनु पर्दैन। Business App बाटै आफ्नो available balance तुरुन्तै हेर्न सकिन्छ, जसले दैनिक कारोबार व्यवस्थापन गर्न अझ सहज बनाउँछ ।

6. MDD/KYM Submission
Business सम्बन्धी आवश्यक MDD/KYM documents अब app बाटै submit गर्न सकिन्छ ।
आवश्यक कागजातहरू समयमै बुझाएर business account को जानकारी updated राख्न र आवश्यक compliance requirements पूरा गर्न सहज हुन्छ।

Frequently Asked Questions

1. eSewa Business App के हो?
eSewa Business App विभिन्न किसिमका व्यवसाय र व्यवसायीहरूका लागि तयार गरिएको mobile application हो । यसबाट transactions र statements हेर्न, balance check गर्न, available funds withdraw गर्न, MDD/KYM documents submit गर्न तथा business payment र withdrawal activities monitor गर्न सकिन्छ ।

2. eSewa Merchant App र eSewa Business App एउटै हो?
eSewa Business App, पहिले eSewa Merchant App का रूपमा चिनिने app को नयाँ र enhanced version हो । पहिलेका सुविधासँगै businesses का लागि थप features समेटेर app लाई अझ विस्तृत बनाइएको छ ।

3. eSewa Business App बाट के–के गर्न सकिन्छ?
Business Dashboard हेर्न, real time मा payment verify गर्न, transactions तथा statements check गर्न, available balance हेर्न, linked account मा funds withdraw गर्न, MDD/KYM documents submit गर्न तथा QR payment activities monitor गर्न सकिन्छ ।

4. Business App बाट पैसा withdraw गर्न सकिन्छ?
सकिन्छ, Business App बाट आफूलाई चाहिएको बेलामा आफ्नो available balance linked account मा बिना शुल्क withdraw गर्न सकिन्छ ।

5. आवश्यक परेमा MDD/KYM documents जस्ता कागजातहरू app बाटै बुझाउन मिल्छ?
मिल्छ, आवश्यक MDD/KYM documents eSewa Business App बाटै submit गर्न सकिन्छ, जसले business account को जानकारी updated राख्न र आवश्यक compliance requirements पूरा गर्न सहज बनाउँछ

आजै eSewa Business App डाउनलोड गर्नुहोस् र आफ्नो व्यवसायको सहज व्यवस्थापन मोबाइलबाटै गर्नुहोस् ।

Download on the App Store               Get it on Google Play