तपाईं जुनसुकै मुलुकमा बसेर पनि आफ्नो घर परिवारलाई रेमिट्यान्स भने सिधै उहाँहरुको इसेवा वालेटमा पठाउन सक्नुहुनेछ। त्यती मात्र कहाँ हो र,रेमिट्यान्स अब दुबै पठाउने र पाउनेलाई फाइदाजनक छ। तपाईंले आफन्तहरुलाई सिधै उहाँहरुको इसेवा ID राखेर इसेवा मनी ट्रान्सफर संग आवद्ध रेमिट्यान्स साझेदारको माध्यमबाट रेमिट्यान्स पठाउदा बम्पर उपहारमा iPhone 13 जित्ने मौका पाउनु हुनेछ भने तपाईंको आफन्तहरुले इसेवामा रु. १०० बोनस प्राप्त गर्नु हुनेछ। भएन त गज्जब?
अब विदेशबाट रेमिट्यान्स पठाउदा सिधै प्राप्त गर्ने व्यक्तिको इसेवा ID मा पठाउनुहोस्, अनि आफुलाई Bumper Prize iPhone 13 जित्ने मौका र रेमिट्यान्स प्राप्त गर्नेहरुलाई रु. १०० बोनस कमाउने यस्तो सुनौलो मौका हातबाट जान भने नदिनुहोस्।
अफरका नियम र सर्तहरु यस प्रकार छन:
१. यो योजना श्रावण १५, २०७९ बिहानको १२ बजे देखि सुरु भएर ३१ भाद्र, २०७९ रातको ११:५९ बजे सम्म मान्य हुनेछ।
२. यस योजनामा सहभागी हुन रेमिट्यान्स प्राप्त गर्ने इसेवा ID KYC Verified हुनुपर्ने छ।
३. यस योजना समयावधी भित्र इसेवा मनी ट्रान्सफर मार्फत इसेवा वालेटमा हुने निम्न बमोजिमको रेमिट्यान्स कारोवारमा रु. १०० बोनस प्रदान गरिनेछ:
- रेमिट्यान्स कारोवार संसारको जुनै पनि मुलुकबाट इसेवा मनी ट्रान्सफर संग आवद्ध रेमिट्यान्स साझेदारको माध्यमबाट भएको हुनुपर्ने ।
- कुनै २ व्यक्ति विच हुने वालेट रेमिट्यान्स कारोवारमा योजना अवधि भरि प्रथम २ कारोवारमा मात्र बोनस प्रदान गरिने
- प्रत्येक वालेट कारोवारमा न्युनतम कारोवार रकम रु. १०,००० हुनु पर्ने।
- बोनस रकम विदेशबाट इसेवा वालेट्मा पैसा आए लगतै प्राप्त हुनेछ।
- बोनस लोड गर्दाको समय पाउने व्यक्तिको इसेवा वालेट चालु अवस्थामा रहेको हुनु पर्ने छ।
४. योजनाको सर्तहरु अनुसार नरहेका कुनै पनि प्रयोगकर्ता वा कारोवारलाई बोनसका लागि अयोग्य ठहराउने अधिकार इसेवा मनी ट्रान्सफरमा निहित रहनेछ।
५. रु. १०० बोनस पाउन योग्य इसेवा वालेटमा विदेशबाट आएका कारोवार मध्येबाट योजनाको अन्त्यमा गोलाप्रथा मार्फत बम्पर उपहार विजेता छनौट गरिनेछ।
६. यस योजनामा सहभागी हुन विदेबाट आएको रेमिट्यान्स अनिवार्य रुप मा सिधै इसेवा ID मा पठाइएको हुनुपर्ने छ।
