इसेवा डिजिटल उत्सव! चाडपर्वको हर्ष उपहारले अझै बढ्छ!

तपाईं दशैँ, तिहार, न्हु दँया भिन्तुना, तथा छठ पर्वको लागि कत्तिको उत्साहित हुनुहुन्छ त? चाडपर्वमा अझै उत्साह बढाउनलाई हामीले “ इसेवा डिजिटल उत्सव”- हर्ष अझै बढ्छ अफर लिएर आएका छौँ। अफरमा तपाईंले ३ वटा Yamaha New FZ FI Version 3.0 Standard मोटरसाइकल, दुबईको Tour Package, TV, Washing Machine, स्मार्टफोन लगायतको थुप्रै आकर्षक उपहारहरू जित्न सक्नुहुनेछ। हामीसँग तपाईंको लागि टन्नै अफरहरू रहेका छन्।

BUMPER PRIZE: Yamaha New FZ FI Version 3.0 Standard

अफर अवधिभरी कम्तीमा कुनै पनि दुई विभिन्न सेवाको कारोबार गरेर तपाईंले Yamaha New FZ FI Version 3.0 Standard मोटरसाइकल जित्न सक्नुहुनेछ। यस अन्तर्गत दुई जनाले Yamaha New FZ FI Version 3.0 Standard मोटरसाइकल जित्न सक्नुहुनेछ। 

37.99 Maa Yamaha Offer

यस अफरमा सहभागी हुनका लागि इसेवाको Homescreen मा स्क्रोल गरी “Offers” section मा गएर रु. ३७.९९ तिर्नुहोला। एक जना भाग्यशाली विजेताले Yamaha New FZ FI Version 3.0 Standard मोटरसाइकल जित्नुहुनेछ। 

तपाईंले तिर्नुभएको रकम तुरुन्तै cashback को रुपमा तपाईंलाई आउनेछ। 
यस अफरबारे थप जानकारीका लागि यो ब्लगमा जानुहोला: https://blog.esewa.com.np/rs-37-maa-yamaha-fz/ 

eSewa Direct को प्रयोगमा Dubai Tour Package

इसेवाबाट तपाईंले मोबाइल नम्बरको प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउने सेवा नै eSewa Direct हो। अफर अवधिभरी प्रयोगकर्ताले eSewa Direct प्रयोग गरी कुनै पनि बैंक खातामा पैसा पठाउने अथवा सहकारी खातामा पैसा पठाउने कम्तीमा एक कारोबार गरी दुबईको Tour Package जित्ने मौका पाउन सक्नुहुनेछ। कारोबार गर्ने भाग्यशाली १ जनाले दुई जनाको लागि Dubai Tour Package जित्न सक्नुहुनेछ। यस अफरको विजेताको घोषणा अफर अवधि सकिएपछि इसेवाको आधिकारिक फेसबुक पेजमा लाईभबाट गरिनेछ।   

जहाजको टिकट काट्दा स्टेकेसन र स्मार्टफोन

इसेवाबाट आन्तरिक उडानका लागि जहाजको टिकट काट्ने ५ जना भाग्यशालीले जोडीका लागि Hotel को Staycation package जित्न सक्नुहुनेछ। त्यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि इसेवाबाट जहाजको टिकट काट्ने कुनै १ भाग्यशालीले RealMe 11x 5G पाउन सक्नुहुनेछ। 

Internet वा TV को बिल तिर्दा CG को TV उपहार

इसेवाबाट इन्टरनेट वा टिभीको बिल तिर्नेहरूलाई यस पालि अफरै अफरको बहार छ। मङ्सिर ९ सम्म टिभी वा इन्टरनेटको बिल तिर्ने १ जना भाग्यशालीले CG 32” Smart LED TV जित्न सक्नुहुनेछ। 
त्यस्तै, पहिलो पटक इसेवाबाट इन्टरनेट वा टिभीको बिल तिर्नुहुने सबैले Promo Code मा ”FIRST” राखेर रु ५० को FLAT Cashback पाउन सक्नुहुनेछ। यो promo code १ जनाले १ पटक मात्र प्रयोग गर्न सकिनेछ र Cashback भने कारोबारको २४ घण्टामा उपलब्ध हुनेछ।  
त्यस्तै, इन्टरनेट वा टिभीको वार्षिक बिल तिर्ने सबैले Promo Code मा “SAVE300” राखेर रु ३०० सम्मको 3% Cashback पाउन सक्नुहुनेछ। Cashback भने कारोबारको २४ घण्टामा उपलब्ध हुनेछ।

त्यस्तै Wifi Nepal को अफर अन्तर्गत मङ्सिर १७ सम्म Cashback, Smartphone र Smartwatch जित्न सक्नुहुनेछ। ३ महिनाको लागि बिल तिर्नेले रु १००, ६ महिनाको लागि तिर्नेले रु १५० तथा १२ महिनाको बिल तिर्ने ग्राहकले रु २०० cashback पाउनुहुनेछ। इसेवाबाट Wifi Nepal को कारोबार गर्ने २ जनाले स्मार्टफोन तथा ३ जनाले स्मार्टवाच पाउनुहुनेछ। यस अफर अन्तर्गत १ जनाले १ पटक मात्र Cashback पाउन सक्नुहुनेछ। 

CG Communication को लागि ४ वटा विभिन्न प्लानको लागि भुक्तानी गर्ने सबैले कारोबारको ७२ घण्टामा रु ५०० को FLAT Cashback पाउनुहुनेछ। यो अफर 43 inch 300 Mbps Internet only, 43 inch 300 Mbps Internet+ IPTV, 32 Inch 160 Mbps Internet Only, तथा 32 Inch 160 Mbps Internet + IPTV मा लागु हुनेछ।

बसको टिकट काट्दा वा होटेल बुक गर्दा स्टेकेसन
तपाईं चाडपर्वको बेलामा घर जाँदै हुनुहुन्छ होला वा कतै घुम्नलाई जाँदै हुनुहुन्छ होला। कतैको यात्रा गर्दै हुनुहुन्छ भने Flight को अफर सँगसँगै बसको टिकटमा पनि अफर रहेको छ। तपाईंले बसको टिकट काट्दा रु ५० सम्मको cashback साथमा Topup को लागि Promo Code पनि पाउन सक्नुहुनेछ। त्यस्तै, बसको टिकट काट्दा वा होटेल बुक गर्दा तपाईंले पोखरा तथा चितवनको लागि Hotel को staycation प्याकेज जित्न सक्नुहुनेछ। 

इकमर्समा बिनव्याग उपहार

इसेवाबाट Online Payment मा E-commerce भित्र रहेका कुनै पनि व्यवसायको कारोबार गर्ने ग्राहकले Bean Bag उपहार जित्न सक्नुहुनेछ। यस अफरमा हरेक हप्ता १ जनाले Bean Bag उपहार जित्नुहुनेछ। 

मर्चेन्टलाई घरायसी सामान उपहार

इसेवाका QR Merchant हरूले आफ्नो व्यवसायको लागि प्राप्त QR मार्फत कम्तीमा ५ वटा भुक्तानी लिँदा Washing Machine, तथा Philips को Sandwich maker र Air-Fryer जित्न सक्नुहुनेछ। त्यस्तै, Fonepay QR को Merchant ले कम्तीमा १० भुक्तानी लिँदा हरेक हप्ता ७ जना व्यवसायीले Redmi Note 12 जित्न सक्नुहुनेछ। 

रेमिट्यान्स पाउँदा थप उपहार

विदेशबाट इसेवा मनि ट्रान्सफरको साझेदार मार्फत इसेवा वालेटमा रु ५ हजार भन्दा बढीको भुक्तानी पाउने सबैले रु ३०० सम्म को Cashback का लागि टप-अप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा इसेवा केयर प्याकेज खरिदमा प्रयोग गर्न प्रोमो कोड प्राप्त गर्नु हुनेछ। कुन-कुन सेवाको लागि कुन-कुन Promo Code प्रयोग गर्न सकिन्छ भनेर थाहा पाउनलाई कृपया यो ब्लग पढ्नुहोला: https://blog.esewa.com.np/remittance-dashain-tihar-offer/ 

डिजिटल उत्सवको लागि शर्त तथा नियमहरू:
-इसेवा डिजिटल उत्सवको सम्पूर्ण अफरहरू अन्यथा नलेखिएमा मङ्सिर ३ सम्म लागु हुनेछ। 
-KYC Verified भइसकेका User तथा Agent हरूका लागि मात्र यो अफर मान्य हुनेछ। 
-कुनै पनि पक्षलाई बिना कुनै पूर्व जानकारी इसेवाले अफरको कुनै पनि सर्तहरू वा अफर नै सम्पूर्णत: परिमार्जन, परिवर्तन वा रद्द तथा  गर्ने अधिकार इसेवासँग सुरक्षित रहनेछ।  
-अफरका विजेताहरूले नेपाल सरकारको प्रचलित कानुनअनुसारको २५% TDS कर आफैंले व्यहोर्नुपर्नेछ।  
-आफ्नो नियन्त्रण भन्दा बाहिरको कुनै पनि शंकास्पद गतिविधि वा कारोबारमा प्रतियोगी तथा अफरको सर्तहरू अनुगमन गर्ने, हेरफेर गर्ने वा रद्द गर्ने सर्वाधिकार इसेवासँग सुरक्षित रहनेछ। 
-यो एक प्रचारात्मक कार्यक्रम हो र नेपालको कानून अनुसार कुनै पनि सट्टाबाज, जुवाको खेल होइन।
-यस अफरमा सहभागी भएर प्रचारात्मक गतिविधिका लागि प्रतियोगीले आफ्नो फोटो तथा नाम प्रयोग गर्ने स्वीकृति इसेवालाई दिएको बुझिनेछ।  
-यस अफरमा सहभागी भएर सबै प्रतियोगीले अफरको सम्पूर्ण पक्ष बुझी स्वीकृति दिएको बुझीनेछ। 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.