Search

एक ऐप सुबिधा अनेक

एक ऐप सुबिधा अनेक
इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त इकमर्स प्लेटफर्ममा आधारित  डिजिटल वालेट हो । जसमा तपाईले अनलाइन तथा अफलाइन दुबै तरिकाबाट कारोबार गर्न सक्नुहुनेछ । इसेवा एकाउन्टमार्फत् तपाईले युटिलिटी बिल भुक्तानी जस्तै खानेपानी, बिजुली महशुल भुक्तानी, मोबाईल टपअट(एनटिसी, एनसेल,स्मार्टसेल) रिचार्ज कार्ड, बस टिकट खरिद अनलाइन सपिङका साथै एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्स्फर गर्न सक्नुहुनेछ।तपाईले ५०० देखि १,००० सम्म को बचत  का साथ साथै क्यासब्याक र  रेवार्ड पोइन्ट्स् पनि पाउनुहुनेछ | इसेवा तपाईको भुक्तानी प्रक्रियामा समय तथा खर्चको बचत गर्नुका साथै छोटो समयमा धेरै कार्य गर्नका लागि हो । यसले तपाईको दैनिक जीवनलाई सहज र सरल बनाउनुका साथै क्यासलेस कारोबारका कारण विभिन्न किसिमका जोखिमबाट समेत मुक्ति दिनेछ । मैले / हामीले इसेवा आइडीमा कसरी रकम राख्न/लोड गर्न सक्छु/सक्छौँ ? तपाईले विभिन्न तरिका बाट इसेवामा रकम राख्न/ लोड गर्न सक्नुहुनेछ । इन्टरनेट/मोबाईल बैंकिङ मार्फत – तपाईले आफ्नो बैंक खाता रहेको बैंकको इन्टरनेट तथा मोबाईल बैंकिङ मार्फत सजिलै इसेवामा रकम लोड गर्न सक्नुहुनेछ । काउन्टर डिपोजिट – इसेवाका सदस्य बैंकहरू मध्ये काउन्टर डिपोजिट सेवा रहेका विभिन्न बैंकका काउन्टरबाट समेत तपाईले सजिलै रकम लोड गर्न अथवा राख्न सक्नुहुनेछ । क्यास इन – तपाईले आफ्नो टोलछिमेका रहेका क्यास पोइन्ट तथा क्यास इन एजेन्ट मार्फत सजिलै रकम लोड गर्न सक्नुहुनेछ । तपाईले सजिलै हाम्रा आधिकारिक क्यास इन फेला पार्न सक्नुहुनेछ । तपाईले क्यास इनका साइन बोर्ड,बिल बोर्ड, ग्लो साइनबोर्ड, स्लाइड बोर्ड तथा अन्य इसेवा लोगो अंकित स्थान पहिल्याउन सक्नुहुनेछ । पि–टु पि ट्रान्स्फर – यस्तै तपाईले अन्य कुनै इसेवा प्रयोगकर्ताको एकाउन्टबाट समेत रकम लोड गर्न सक्नुहुनेछ । पर्सन टु पर्सन (पि–टु पि) अथवा एक व्यक्तिको एकाउन्टदेखि अर्को व्यक्तिको एकाउन्टमा ट्रान्स्फर गर्न सकिन्छ ।