Search

Sanima Reliance Life Insurance: Terms and Conditions of Loan on Policy

Sanima Reliance Life Insurance: Terms and Conditions of Loan on Policy

, ऋणी (बीमित), eSewa मार्फत सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबाट आफ्नो जीवन बीमा पोलिसी धितो राखी पोलिसी ऋण प्राप्त गर्न सहमत भई निम्न सर्त तथा शर्तहरू स्वीकार गर्दछु। यी सर्तहरू म तथा मेरा कानुनी हकवालाहरूमा समेत लागू हुनेछन् ।

१) बीमालेख अन्तर्गत मैले लिएको कर्जाको सुरक्षणको लागि मेरो जीवन बीमालेख कम्पनीसँग धितो रहेको छ । कर्जा सुरक्षण वापत कम्पनीमा रहेको मेरो बीमालेख उपरको हकदाबी कम्पनीमा हस्तान्तरण हुने भई कर्जा वापतको सम्पूर्ण रकम भुक्तानी गरिएपछि उक्त बीमालेख मेरो नाममा पुनः हस्तान्तरण भएमा मेरो मञ्जुरी छ ।

२) बीमकले तोकेको १० प्रतिशत ब्याज दरमा प्रत्येक ६/६ महिनामा (असार मसान्त र पौष मसान्त) ब्याज नतिरेमाचक्रवृद्धि ब्याज (Compound Interest) भुक्तानी गर्नुपर्नेछ। बीमकले समय–समयमा ब्याजदर परिवर्तन गर्न सक्नेछ, तर यसरी परिवर्तन गरिएको ब्याजदर त्यसपछिको ब्याज भुक्तानी मितिदेखि मात्र लागू हुनेछ ।

३) बीमितले लिएको ऋण रकम तोकिएको समयभित्र बीमकको तोकिएको कार्यालयहरूमा भुक्तानी गर्न सक्नेछन् । साँवा र ब्याज चुक्ता भएपछि मात्र धितोमा रहेको सक्कल बीमालेख बीमितले फिर्ता पाउनेछ ।

४) बीमकले ३ महिना भित्र ऋण रकम फर्छ्योट गर्न भनी सूचना दिन सक्नेछ, र सो सूचना पाएको ३ महिना भित्र ऋणीले साँवा र ब्याज समेत जोड्दा हुने एकमुष्ट रकम बीमकको कार्यालयमा बुझाउनुपर्नेछ ।

५) यदि कुनै अवस्थामा ऋण रकम र तिर्न बाँकी ब्याज रकम समर्पण मूल्यभन्दा बढी भएको खण्डमा बीमालेखको सामान्य शर्त बमोजिम बीमकले कुनै पनि समयमा बीमालेख जफत गरी सोको समर्पण मूल्यबाट साँवा र तिर्न बाँकी ब्याज एकमुष्ट असुल उपर गर्न सक्नेछ। यसरी समर्पण मूल्यबाट साँवा ब्याज रकम असुल उपर गर्दा समर्पण मूल्य तिर्न बाँकी रकमभन्दा बढी भएमा बाँकी रकम बीमितलाई भुक्तानी गरिनेछ र समर्पण मूल्य सो रकमभन्दा कम भएमा ऋणीको नाममा ३५ दिने सूचना जारी गरी बाँकी रकम असुल उपर गरिनेछ।

६) यसरी बीमकद्वारा प्रदान गरिएको ऋण रकम वा त्यसको कुनै अंश भुक्तानी नहुँदै बीमालेखको अवधि समाप्त भएमा वा बीमितको मृत्यु भई दाबी पर्न गएमा अवधि भुक्तानी वा मृत्यु दाबी वापत भुक्तानी गर्नुपर्ने रकमबाट उपरोक्त ऋण सम्बन्धी बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम समेत कटाई बाँकी हुन आएको रकम मात्र बीमित वा निजको कानुनी हकवालालाई प्रदान गरिनेछ ।

७. eSewa मार्फत आवेदन तथा भुक्तानी:

  • ऋण आवेदन eSewa प्लेटफर्ममार्फत गरिएको भए पनि ऋण स्वीकृति कम्पनीको आन्तरिक नीति अनुसार हुनेछ ।
  • ऋण रकम कम्पनीद्वारा स्वीकृत इसेवा वालेटमा मात्र भुक्तानी गरिनेछ।
  • इसेवाले केवल डिजिटल सेवा प्रदायकको रूपमा कार्य गर्नेछ र ऋण स्वीकृति, अस्वीकृति, ब्याजदर तथा अन्य बीमा सम्बन्धी निर्णय कम्पनीको अधिकार क्षेत्रभित्र रहनेछ ।

८. नियम तथा कानुनको पालना

यो ऋण सुविधा नेपाल बीमा प्राधिकरण, प्रचलित कानुन तथा कम्पनीका नीति–नियम बमोजिम सञ्चालन हुनेछ। भविष्यमा हुने कानुनी वा नियामकीय परिवर्तनहरू स्वतः लागू हुनेछन् । 

९. स्वीकृति

माथि उल्लिखित सम्पूर्ण शर्तहरू पढी, बुझी र स्वीकार गरी मैले स्वेच्छाले eSewa मार्फत पोलिसी ऋणका लागि आवेदन दिएको छु ।