Search

पसलमा QR भुक्तानी राखेपछि उधारोमा सामान किन्ने चलनमा कमी आएको छ

पसलमा QR भुक्तानी राखेपछि उधारोमा सामान किन्ने चलनमा कमी आएको छ

महोत्तरीमा संजय कुमार साहको साह जनरल स्टोर नामको इलेक्ट्रोनिक पसल छ। उहाँको पसलमा मोबाईल फोन, पंखा लगायतका इलेक्ट्रोनिक सामान पाईन्छ। उहाँले मोबाईल मर्मत सेवा पनि प्रदान गर्नुहुन्छ।

झन्डै ८ वर्ष भईसक्यो उहाँले इसेवा चलाउन थाल्नुभएको। त्यसबेला इसेवामा मोबाईल टपअप सुविधा मात्रै थियो।

विस्तारै इसेवाले अन्य थुप्रै प्रकारका सेवाको भुक्तानी गर्न मिल्ने सुविधा थप्यो। महोत्तरीमा वर्ल्डलिंक र सुबिसुको इन्टरनेट आएसँगै इसेवाबाटै इन्टरनेटको बिल तिर्न मिल्ने भयो। डिसहोम र अन्य केबुल टिभीको बिल तिर्ने सुविधा आयो। अफिस नगईकन नै बिजुली र खानेपानीको बिल तिर्न मिल्ने सेवा आयो। म यी सबै प्रकारका सुविधा आएको सुरुवाति चरणबाटै प्रयोग गर्न थालेँ।

-संजय कुमार साह

झन्डै एक वर्ष अघि इसेवाले QR स्क्यान गरेर गरेरै भुक्तानी गर्न मिल्ने फिचर ल्याएपछि उहाँले आफ्नो पसलमा QR राख्नुभयो।

“तर कुनै ग्राहकलाई पनि थाहा थिएन QR के हो र यसबाट कसरी तिर्ने भनेर। अनि, इसेवाको अफिसमा सम्पर्क गरेर मैले प्रत्येक भुक्तानीमा २% छुट दिने व्यवस्था ल्याएँ। ग्राहकहरुले भुक्तानी गर्ने बेलामा ‘QR बाट तिर्नु भयो भने २% छुट पाउनुहुन्छ है’ भन्न थालेँ। यो नयाँ भुक्तानी प्रविधि अझै धेरै मान्छेले आत्मसात गरुन् भनेर नै मैले यो छुट सेवा ल्याएको हुँ, मेरो आफ्नै खर्चमा।” उहाँ थप्नुहुन्छ।

धेरैजसो ग्राहक त खानेपानी तथा बिजुलीको बिल भुक्तानी गर्दिनुपर्‍यो भनेर आउनुहुन्छ र नगद तिर्नुहुन्छ। “मैले उहाँहरु मध्ये धेरैको मोबाईलमा इसेवा एप इन्स्टल गरिदिएको छु र एप कसरी चलाउने भनेर सिकाएको छु,” उहाँ उत्साहका साथ भन्नुहुन्छ।

तर इसेवामा भएको ब्यालेन्स मार्फत नै सामानको पैसा तिर्ने चलन पनि विस्तारै सुरु भएको छ। कतिपय ग्राहकले साथमा नगद ल्याउन भुल्नुभएको छ भने इसेवा वा मोबाईल बैंकिङबाट पैसा तिर्नुहुन्छ। उधारोमा सामान किन्ने चलनमा कमी आएको छ।

QR स्क्यान गरेर तिर्दा २% डिस्काउन्ट पाउने सुविधा धेरैलाई मन परेको छ। “यहि हप्ता मात्रै एक जना ग्राहकले २२ हजार पर्ने मोबाईल फोन किन्नुभयो र QR बाटै पैसा तिर्नु भयो। अनि, ४४० रुपैयाँ थप छुट पाउनुभयो,” उहाँले हामीमाझ बताउनुभयो ।

उहाँको पसलमा वाईफाई छ। त्यसैले ग्राहकलाई पनि QR स्क्यान गर्न गाह्रो छैन।

QR बाट पैसा भुक्तानी लिन एकदमै सहज लाग्छ उहाँलाई। “ग्राहकले QR स्क्यान गरेर पैसा तिर्दा मलाई पनि सजिलो छ । पैसा सिधै बैंक खातामा जम्मा हुन्छ। हिसाब राख्न पनि सजिलो।” उहाँ भन्नुहुन्छ।

QR भुक्तानीको छरितो सेवा उहाँलाई मन परेको छ। त्यसैले त उहाँले आफ्ना छिमेकमा रहेका पसलेहरुलाई पनि QR बाट भुक्तानी लिन सहयोग गर्नुभएको छ।

लामो समयदेखि इसेवा चलाएकोले होला उहाँ प्रविधिमा पनि रुचि राख्नुहुन्छ। यस वर्षको बजेट भाषणमा उल्लेख गरिएको अनुसार अन्लाईनबाटै जन्म दर्ता, विवाह दर्ता आदि गर्न सकिने, विद्युतिय माध्यमबाटै सवारी चालक अनुमतिपत्र आवेदन गर्न सकिने, अन्लाईन पासपोर्ट अप्लाई गर्न मिल्ने जस्ता सुविधा आउँदै गरेको यस अवस्थामा सरकारले सुरु गरेको डिजिटल नेपाल अभियानलाई इसेवाको डिजिटल भुक्तानीले थप टेवा पुर्याउने उहाँको ठम्याई छ।


संजय कुमार साहजीले त आफ्नो पसलमा QR बाट नै भुक्तानी लिन थालिसक्नुभयो। तपाईं नी ?

यदि तपाईं पनि आफ्नो पसलमा QR मार्फत नै भुक्तानी लिन सुरु गरी डिजिटल नेपाल अभियानमा सामेल हुन चाहनुहुन्छ भने यो फर्म भर्नुहोला। (नोट: आफ्नो इसेवा एकाउन्टमा लगइन गरिसकेपछि मात्रै यो लिङ्कमा क्लिक गर्नुहोला)। तपाईं हामीलाई हाम्रो इमेल qr@esewa.com.np अथवा हाम्रो सम्पर्क नम्बर १६६०-०१-०२१२१ मा पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईंको रिक्वेस्ट प्राप्त भएपछि QR सुचारु गर्ने बारे थप प्रकृयाका लागि हाम्रा प्रतिनिधिले तपाईंलाई सम्पर्क गर्नुहुनेछ।