नेपाल सरकार, आन्तरिक राजस्व विभाग (IRD) ले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहन गर्ने, कर अनुपालन बढाउने तथा पारदर्शी व्यापारिक कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ सञ्चालनमा ल्याएको छ ।
यस कार्यक्रमअन्तर्गत इसेवाबाट गरिएको रु. १०० वा सोभन्दा बढीको योग्य QR भुक्तानी स्वतः समावेश हुनेछ । यदि भुक्तानी आन्तरिक राजस्व विभागले जारी गरेको मापदण्डअनुसार भएमा त्यस भुक्तानीका लागि कुपन कोड (Coupon Code) स्वतः सिर्जना हुन्छ, जुन तपाईंले इसेवा एपमै हेर्न सक्नुहुन्छ ।
इसेवा एपको "करदाता प्रोत्साहन उपहार कार्यक्रम" (Taxpayer Incentive Prize Program) सेक्सनमा क्लिक गरी तपाईंले निम्न जानकारी हेर्न सक्नुहुन्छ:
- तपाईंका योग्य कारोबारहरूको विवरण (Eligible Transactions)
- प्रत्येक योग्य कारोबारका लागि छुट्टाछुट्टै सिर्जना भएको कुपन कोड (भुक्तानीपछि योग्य कारोबारको कुपन कोड एपमा देखिन २४ घण्टासम्म लाग्न सक्छ ।)
- प्रत्येक नेपाली महिनाको १ गते र १६ गते घोषणा हुने दैनिक तथा बम्पर विजेताहरूको सूची
नोट: आन्तरिक राजस्व विभाग (IRD) ले घोषणा गरेका विजेतामध्ये इसेवामार्फत गरिएको योग्य कारोबारबाट कुनै विजेता परेमा मात्र उक्त विजेताको विवरण इसेवा एपमा देखाइनेछ । यदि सो चरणको विजेता सूचीमा इसेवामार्फत भएका योग्य कारोबारका कुनै विजेता नरहेमा, विजेताको सूची एपमा देखाइने छैन ।
करदाता प्रोत्साहन उपहार कार्यक्रम सम्बन्धी बारम्बार सोधिने प्रश्नहरू (FAQs)
१. करदाता प्रोत्साहन उपहार कार्यक्रम के हो?
करदाता प्रोत्साहन उपहार कार्यक्रम नेपाल सरकार, आन्तरिक राजस्व विभाग (IRD) द्वारा सञ्चालन गरिएको कार्यक्रम हो। यसले वस्तु तथा सेवा खरिद गर्दा उपभोक्तालाई बिल (बीजक) लिन प्रोत्साहन गर्दछ। कार्यक्रमका मुख्य उद्देश्यहरू:
- बिल लिने संस्कृतिको विकास गर्नु
- कर अनुपालन अभिवृद्धि गर्नु
- वास्तविक कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्नु
२. यस कार्यक्रममा सहभागी हुन को योग्य हुन्छ?
नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि तल बुँदा नं. ७ मा उल्लेख गरिएका भुक्तानीबाहेक एक पटकमा रु. १०० वा सोभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता सहभागी हुन योग्य हुन्छन् ।
३. यस कार्यक्रममा कसरी सहभागी हुन सकिन्छ?
भुक्तानी विधिका आधारमा निम्नअनुसार यस कार्यक्रममा सहभागी हुन सकिन्छ ।
1. विद्युतीय भुक्तानी:
योग्य कारोबार स्वतः कार्यक्रममा समावेश हुनेछन् ।
2. नगद भुक्तानी:
योग्य बीजकको विवरण तोकिएको अवधिभित्र आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम प्रणालीमा प्रविष्ट गर्नुपर्ने छ ।
कार्यक्रममा सहभागी हुन प्रविष्ट गर्नुपर्ने विवरणहरू:
- बीजक नम्बर
- विक्रेताको PAN
- बीजक जारी मिति
- कुल रकम
- भुक्तानीको माध्यम
- खरिदकर्ताको नाम
- मोबाइल नम्बर
४. इसेवाबाट यस कार्यक्रममा सहभागी हुन सकिन्छ?
सकिन्छ, इसेवाबाट गरिएको QR भुक्तानी स्वतः योग्य हुन्छ र IRD मा दर्ता हुन्छ तपाईंले बिल म्यानुअल रूपमा अपलोड गर्नुपर्दैन । PAN दर्ता भएको पसलमा इसेवाबाट भुक्तानी गरी बिल लिएपछि तपाईं यस कार्यक्रममा सिधै सहभागी हुनुहुनेछ ।
५. आफ्नो कुपन कोड कहाँ हेर्न सकिन्छ?
योग्य कारोबारबाट प्राप्त भएको कुपन कोड eSewa एपभित्र रहेको "करदाता प्रोत्साहन उपहार कार्यक्रम" सेक्सनमा हेर्न सकिन्छ ।
६. मैले eSewa बाट भुक्तानी गरेँ तर कुपन कोड किन प्राप्त भएन?
निम्नमध्ये कुनै कारणले कुपन कोड प्राप्त नहुन सक्छ:
- कारोबार योग्य QR भुक्तानी नभएको
- पसल/व्यापारी PAN/VAT मा दर्ता नभएको
- कारोबार रकम रु. १०० भन्दा कम भएको
७. कुन कुन बीजक वा कारोबारहरू यस कार्यक्रममा योग्य हुँदैनन्?
निम्नअनुसारका बीजकहरू यस कार्यक्रममा सहभागी हुन योग्य हुँदैनन्:
- व्यावसायिक प्रयोजनका लागि गरिएका खरिदका बीजक
- सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बीजक
- टेलिफोन, इन्टरनेट, विद्युत, सवारी तथा ढुवानी सेवा वा हवाई टिकट खरिदका बीजक
- स्थायी लेखा नम्बर (PAN) नभएका विक्रेताबाट जारी भएका बीजक
८. एउटै बीजक वा कारोबारबाट एकभन्दा बढी पटक सहभागी हुन मिल्छ?
मिल्दैन, प्रत्येक योग्य बीजक वा विद्युतीय भुक्तानीबाट गरिएको खरिद कार्यक्रममा एक पटक मात्र सहभागी हुन योग्य हुनेछ र प्रत्येक बिलवापत एउटा उपहार टिकट प्राप्त हुने छ । एउटै बीजक वा कारोबारको दोहोरो प्रविष्टि मान्य हुने छैन ।
९. विजेता कसरी छनोट गरिन्छ?
आन्तरिक राजस्व विभागद्वारा स्वचालित प्रणालीमार्फत प्रत्येक महिनामा दुई पटक विजेता उपभोक्ताको छनोट गरिन्छ ।
- १ गते: अघिल्लो महिनाको १६ गतेदेखि मसान्तसम्म भएका योग्य कारोबारबाट
- १६ गते: सोही महिनाको १ गतेदेखि १५ गतेसम्म भएका योग्य कारोबारबाट
प्रत्येक छनोटमा प्रत्येक दिनका लागि एक जना दैनिक विजेता र एक जना पाक्षिक बम्पर विजेता छनोट गरिन्छ ।
१०. उपहार रकम कति रहेको छ?
कार्यक्रमअन्तर्गत निम्न उपहार प्रदान गरिन्छ:
- दैनिक उपहार: रु. १,३३,३३४
- पाक्षिक बम्पर उपहार: रु. १०,००,०००
विजेताले प्राप्त गरेको पुरस्कारमा नेपालको आयकर ऐन, २०५८ बमोजिम आकस्मिक लाभबापतको २५ प्रतिशत कर उपहार रकमबाट कट्टी गरिने छ ।
११. विजेताले उपहार दाबी गर्ने प्रक्रिया के रहेको छ?
उपहार दाबी गर्न विजेताले घोषणा भएको मितिले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा निम्न कागजातसहित निवेदन दिनुपर्नेछ:
- सक्कल बीजक
- आधिकारिक परिचयपत्र
- बैंक खाताको विवरण
- स्थायी लेखा नम्बर (PAN)
कागजात तथा विवरण प्रमाणीकरणपछि उपहार वितरण गरिनेछ। तोकिएको अवधिभित्र उपहार दाबी नगरेमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
१२. यस कार्यक्रमको सञ्चालन कसले गर्छ?
करदाता प्रोत्साहन उपहार कार्यक्रम नेपाल सरकार, आन्तरिक राजस्व विभाग (IRD) ले सञ्चालन गर्नेछ । कुनै विवाद वा कार्यान्वयनसम्बन्धी समस्या उत्पन्न भएमा प्रचलित नियम तथा कानुनबमोजिम अन्तिम निर्णय गर्ने अधिकार आन्तरिक राजस्व विभागसँग रहनेछ ।
थप जानकारीका लागि: करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३_m34xipd.pdf
Frequently Asked Questions (FAQs)
1. What is the Taxpayer Incentive Prize Program?
The Taxpayer Incentive Prize Program is an initiative of the Inland Revenue Department (IRD) that encourages consumers to collect invoices (bills) when purchasing goods and services. The program aims to:
- Motivate consumers to request invoices for every eligible purchase.
- Improve tax compliance.
- Encourage the recording of genuine business transactions.
2. Who is eligible to participate?
Consumers who purchase goods or services worth more than NPR 100 in a single transaction within Nepal for personal use are eligible, except for transactions specified under Point 7.
3. How can consumers participate?
Digital payments: Eligible purchases are automatically included.
Cash payments: Eligible invoices must be entered into the IRD system within the prescribed period by providing:
- Invoice number
- Seller’s PAN
- Invoice date
- Total amount
- Payment method
- Purchaser’s name
- Mobile number
4. How can consumers participate using eSewa?
QR Payments made via eSewa are automatically eligible and registered with the IRD. Users do not need to upload bills manually. Simply pay using eSewa at any PAN-registered merchant and obtain a valid invoice to enter the prize draw automatically.
5. Where can I view my coupon code?
You can view the coupon code generated for your eligible transaction in the Taxpayer Incentive Prize Program section of the eSewa app.
6. Why didn't I receive a coupon code after paying through eSewa?
You may not receive a coupon code if:
- The payment was not made through an eligible QR transaction.
- The merchant is not registered with a valid PAN/VAT.
- The transaction amount is less than NPR 100.
7. Which invoices are not eligible?
The following invoices are not eligible for the program:
- Purchases made for business purposes.
- Invoices issued in the name of government bodies or public institutions.
- Invoices for telephone, internet, electricity, vehicle and transportation services, or airline tickets.
- Invoices issued by sellers who do not have a Permanent Account Number (PAN).
8. Can I use the same invoice more than once?
No, each eligible invoice or electronically paid purchase can participate only once and receives one prize ticket. Duplicate entries of the same invoice or transaction are not allowed.
9. How are winners selected?
Winners are selected through an automated system by the Inland Revenue Department.
Selections are made twice every month:
- On the 1st: From eligible transactions made between the 16th and the last day of the previous month.
- On the 16th: From eligible transactions made between the 1st and 15th of the current month.
Each draw includes:
- One Daily Winner for each eligible day.
- One Fortnightly Bumper Winner.
10. What are the prize amounts?
The program offers the following prizes:
- Daily Winner: NPR 133,334
- Fortnightly Bumper Winner: NPR 1,000,000
A 25% tax on windfall gains will be deducted from the prize amount in accordance with the Income Tax Act, 2058 (2002).
11. How can winners claim their prize?
Prize claims must be submitted to the nearest Inland Revenue Office within 15 days of the announcement with:
- Original invoice
- Valid identification
- Bank account details
- PAN
Prizes are distributed after document verification. If the prize is not claimed within the prescribed period, it will be deposited into the Prime Minister’s Natural Disaster Relief Fund.
12. Who manages the program?
The program is managed by the Inland Revenue Department (IRD). In the event of any dispute or implementation issue, the IRD reserves the right to make the final decision in accordance with the applicable rules and regulations.
For more information: करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३_m34xipd.pdf
