सबै जसो व्यवसाय बन्द रहेको अवस्थामा बाहिर रहेका आफन्तबाट रेमिटेन्स रकम पाउन पनि कठिन हुँदै गएको छ । यस्तो अवस्थामा ग्राहकहरुको सहजताका लागि इसेवा रेमिटले वर्ल्ड फेमिली रेमिट सँगको सहकार्यमा जापानबाट पठाएको रकम सिधै इसेवा वालेट तथा कुनै पनि बैंक खातामा पाउन सकिने सुविधा लिएर आएको छ । अब, जापानमा रहनुभएका नेपालीले वर्ल्ड फेमिली रेमिटमा दर्ता भई सजिलै नेपालमा पैसा पठाउन सक्नुहुनेछ ।
सर्व प्रथम तपाँई , वर्ल्ड फेमिली रेमिट मा दर्ता हुन पर्ने छ जसको लागी, यहाँ Link मा देखाइएको प्रकृया अपनाउनुहोस् ।
अब, नेपालमा पैसा पठाउनका लागि निम्न लिखित प्रकृया अपनाउनुहोस्:
- वर्ल्ड फेमिली रेमिटमा लगिन गरी रेमिटेन्स वेबसाईट खोल्नुहोस् ।
- देखाइएको फारममा आफ्नो नाम, रेमिट रकम, पैसा पाउने व्यक्तिको नाम, देश (नेपाल), पैसा पठाउने माध्यम (eSewa Wallet Or Bank ) र अन्य विवरण दाखिला गरी अगाडी बढ्नुहोस् ।
- Financial institution लेखिएको ठाउँमा eSewa Wallet अथवा बैंक छनौट गरी पैसा पाउने व्यक्तिको विवरण दाखिला गर्नुहोस् ।
- दाखिला गरेको विवरण सबै ठीक छ भनेए पुन: एक पटक जाँच गर्नुहोस् ।
- अब आफ्नो बैंक रोजी अगाडी बढ्नुहोस् र रकम पठाउने प्रकृया पुरा गर्नुहोस् ।
