QR Code बाट भुक्तानी लिनुहोस् र १००० रिवार्ड पोइन्टको मज्जा उठाउनुहोस्!
तापाईंहरूको असीम सहभागिता र प्रोत्साहन प्रती हामी निकै आभारी छौँ। यही सहभागीता लाई ध्यान दिँदै यो योजनालाई थप एक महिनाका लागु गरेकाछौँ ।
इसेवामा QR Agent भई कारोबार गरिरहनुभएका सम्पूर्ण व्यापारीहरुलाई मध्यनजर गर्दै इसेवाले बोनस रिवार्ड योजना ल्याएका छौँ । यस योजना अन्तर्गत मासिक रुपमा तपाईंले १००० रिवार्ड पोइन्ट जित्न सक्नुहुनेछ ।
यो योजना जुलाई १ देखि जुलाई ३१ सम्मका लागि लागु हुनेछ ।
Contents
निम्न लिखित कारोबारको आधारमा रिवार्ड पोइन्ट प्राप्त गर्न सक्नुहुनेछ:
युनिक QR भुक्तानी गणना | रिवार्ड पोइन्ट उपहार |
३ |
३०० |
५ |
५०० |
१० |
१००० |
योजनामा सहभागी हुन ध्यान दिनुपर्ने शर्तहरु:
– यो योजना QR सेवा लिनुभएका इसेवा Agent हरुका लागि मात्र लागु हुनेछ ।
– १०० रुपैयाँ वा माथिको QR भुक्तानीको कारोबार मात्र गणना गरिनेछ ।
– ग्राहकहरुले आफ्नो इसेवा वा मोबाईल बैंकिङ प्रयोग गरी QR भुक्तानी गर्न सक्नेछन् ।
– योजना अवधि सकिएपछि १० वटा वा धेरै युनिक QR भुक्तानी लिनुहुने एजेन्टहरुको इसेवा खातामा रिवार्ड पोइन्ट प्रदान गरिनेछ ।
– योजना अवधि सकिएको ७ दिन भित्र रिवार्ड पोइन्ट प्रदान गरिनेछ ।
– आवश्यक परेको खन्डमा, कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न सक्नेछ ।
– कुनै संकास्पद तरिका बाट QR भुक्तानी लिइएको भेटिएमा, योजना अन्तर्गत प्रदान गरिएको रिवार्ड पोइन्ट रद्द गर्न सकिनेछ । साथै, कोही व्यक्ति वा व्यवसाय योग्य नभए इसेवाले सो योजना खारेज गर्न सक्नेछ ।
इसेवा मा QR Agent बन्न दर्ता भइसक्नुभयो तर लकडाउनका कारण QR Code Table Top पाउनुभएको छैन भने चिन्ता नगर्नुहोस्, आफ्नो इसेवा एजेन्ट खाता खोली Scan to Pay आइकनमा थिच्नुहोस् र त्यहाँ तपाईंले दाहिने पट्टी Business QR देख्न सक्नुहुनेछ । Business QR मा थिची तपाईंको व्यवसायका लागी तयार गरिएको युनिक QR डाउन्लोड गर्नुहोस् र यसलाई प्रीन्ट गरी सजिलै QR भुक्तानी लिन थाल्नुहोस् ।
QR Code मार्फत भुक्तानी लिँदाका फाईदाहरु के के हुन् ?
- विद्युतीय कारोबार हुनाले चुस्त अनि सुरक्षित हुने
- खुद्रा पैसाको झन्झट नहुने
- नगद चोरी हुने र हराउने जस्ता झन्झटबाट छुटकारा
- रकम प्राप्त भएको जानकारी तुरुन्त SMS बाट प्राप्त हुने
- QR मार्फत भुक्तानी लिँदा नोट मार्फत संक्रमण हुन सक्ने जोखिमबाट सुरक्षित र डरमुक्त भइने
- प्राप्त रकम स्वत: आफ्नो बैंक खाता अथवा इसेवा खातामा दिनको अन्त्यमा जम्मा हुने, साथै आफूले चाहेको खण्डमा जुनसुकै समयमा पनि रकम जम्मा गर्न सकिने
- नेपाल सरकारले ल्याएको विद्युतीय भुक्तानीमा १०% VAT रकम फिर्ता मार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिन सकिने
- फोनपे Merchant app बाट आफुले प्राप्त गरेको रकमको Statement हेर्न र बैंक (अथवा इसेवा) मा जम्मा भएको रकमको विवरण हेर्न सकिने
- फोनपे सन्जालमा आबद्ध ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरुले सजिलै तपाईंलाई रकम भुक्तानी गर्न सक्नुहुनेछ।
QR Code सुविधा लिन कहां सम्पर्क गर्ने ?
QR कोड सुविधा लिन हामीलाई तपाईं को व्यवसायको P.A.N. को डकुमेन्ट सहित [email protected] मा ईमेल गर्नुहोस् वा इसेवा टोल फ्री नम्बर १६६०-०१-०२१२१ मा सम्पर्क गर्नुहोस साथै हाम्रो Viber नम्बर +९७७१२३४५१२३४५ मा तपाईंको पसलको P.A.N. नम्बर र सम्पर्क नम्बर लेखी SMS पठाउनुहोस् । तपाईंले पठाउनु भएको SMS को ४८ घण्टा भित्र हाम्रो करमाचारीले तपाईंलाई सम्पर्क गर्नुहुनेछ ।
QR कोर्ड, balance सेवा, holding board, लगाएतका कुरा सुनियो धेरै सेवा सुविधा यि मध्ये कुनै पनि नपाएकोमा खुसी छु । 🙏
Hello Sir,
Apologies for the delay. Please report us your issues in eSewa Facebook messenger, or, Viber us at +977 9868842121.
Thank you.
Sir i want toQR code nd one pasal
अहिले को विधुतिय जमानामा हजारौं प्रमाणपत्र बोकेर हजार कार्यलय धाउनु को सट्टा हजार प्रमाणपत्र को हजार काम एउटै मोबाइल एप्स मार्फत घरमै बसी-बसी गर्न सकियो भने समय र अन्य खर्चको समेत बचत हुने थियो जस्तो लाग्छ मलाई त्यस कारण ई सेवा लाई ब्यापक, भरपर्दो, सुरक्षित र सफल बनाउन हामी सबैले यो कमेन्ट बक्स मा अाफुले जानेको समस्य सावाधान प्रति को उपाया को खोज पनि लेख्नु अावाश्यक होला जस्तो लाग्छ मलाई। त:त सम्बन्ध मा ई सेवा लाई अझै रिल्याबल र ईफेक्टभ बनाउन (((जस्तै हामीले अाफ्नो ईसेवा एकाउन्ट मार्फत कसैको ईसेवा एकाउन्ट मा होजमपेज को सेे्न्ड्ड मनि मार्फत अमाउन्ड सेन्ड गर्दा रिसिभरको डेटाईल सँगै प्रोफाईल मा रहेको फोटो समेत सो भईदिए सेन्डर लाई अझै प्रमाणीत र बिस्वस्नियता हुनेथियो जस्तो लाग्छ मलाई।
नमस्ते सर
Maile we code bata pymt liye but paisa esewa ma naaera fone pay ma ayo ma fone pay bata paisa esewa ma kasari tfr gsrne hola