Search

QR भुक्तानी गर्दा Xiaomi MI Note 10 Lite जित्ने सुनौलो अवसर!

QR भुक्तानी गर्दा Xiaomi MI Note 10 Lite जित्ने सुनौलो अवसर!

आजै बाट QR भुक्तानी गर्नुहोस् र Xiaomi MI Note 10 Lite जित्ने योजनामा सहभागी हुनुहोस्! जति धेरै कारोबार, उति धेरै उपहार जित्ने अवसर! 

के तपाईंले सामान खरिद गर्दा इसेवाबाट QR भुक्तानी गर्ने गर्नुभएको छ ? यदि त्यसो गर्नुभएको छैन भने आजैदेखि देशभरका स-साना किराना पसल देखि लिएर अनलाईन अर्डर सबै तिर QR भुक्तानी गर्न थाल्नुहोस् र Xiaomi MI Note 10 Lite स्मार्टफोन जित्ने अवसर पाउनुहोस्। साथै, हरेक हप्ता थप २० जना सहभागीहरुले इसेवा वा Fonepay मार्फत Scan to Pay गर्दा UFO, Ina center, Aamayra Fashion House80`s Cave को  भौचर प्राप्त गर्न सक्नुहुनेछ। 

यस योजना (Scan and Pay to WIN Xiaomi MI Note 10 Lite) मा सहभागी हुँदा ध्यान दिनुपर्ने नियम र शर्तहरु यसप्रकार छन्:

१. यस अफरमा असार २३ देखि साउन २० सम्म (7 July – 4 August) सहभागी हुन सकिनेछ। २. पुरस्कार जित्न यस अफर योजना अवधि भित्रमा न्यूनतम १०० रुपैयाँको कारोबार (QR मार्फत बिल भुक्तानी) गरेको हुनुपर्नेछ। ३. Xiaomi MI Note 10 Lite का भाग्यशाली विजेताको नाम २०७७ साउन २२ गते (6 August मा) Social Media तथा ब्लग र हप्ताको २० जना भौचर जित्नुभएका विजेताहरुको नाम हरेक मंगलबार ब्लगबाट गरिनेछ। विजेताहरुलाई ईसेवामा रजिस्टर गरिएको नंबर मार्फत पनि सूचित गरिनेछ। 

Note: कोरोना संक्रमण बढ्दै गएको यस अवस्थालाई मध्यनजर गर्दै इसेवाले Work From Home सुरु गरेको छ। सोही कारण पूर्वनिर्धारित योजना अनुसार साउन २२ गते गरिने भनेर तय भएको  Xiaomi Note 10 Lite को विजेता घोषणा भाद्र ७ गतेका लागि तय गरिएको छ। यस ढिलाईबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।

४. विजेता घोषणा भएको 7 working days भित्रमा सम्बन्धित विजेताले पुरस्कार दावी गरिसक्नुपर्नेछ। यदि विजेताले तोकिएको समय भित्र पुरस्कार दावी नगरेको खण्डमा ईसेवाले उक्त पुरस्कार रद्द गर्न सक्नेछ। ५. विजेताले उक्त पुरस्कार प्राप्त गर्न कुनै एक सरकारी आधिकारिक कागजात (नागरिकता/ ड्राईभिङ लाईसेन्स/ पासपोर्ट) को प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। [नोट: उक्त आधिकारिक कागजात सक्कल हुनुपर्नेछ र सबै विवरण इसेवामा प्रमाणित गरिएको KYC फारमसँग मेल खानुपर्नेछ।] ६. यो अफर प्रोमोसनका लागि मात्रै ल्याईएको हो। यो नेपालको प्रचलित कानून अन्तर्गत वर्जित जुवा, सट्टेबाजी, वा बेटिङ अन्तर्गत पर्दैन।  ७. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रकृया पूरा गर्नुपर्ने हुन्छ। प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन।  ८. कुनै संकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ।  ९. ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ। १०. आवश्यक परेको खन्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ। ११. अफर योजनामा सहभागी भई प्रयोगकर्ताले आफ्नो मोबाईल नंबर र फोटो इसेवाको प्रोमोसनल गतिविधि, मार्केटिङ वा कुनै पनि प्रशासनिक मामिलाहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यका लागि प्रयोग गर्न मन्जुरी दिनेछन्। १२. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन।

के तपाईं यस अफरमा भाग लिन तयार हुनुहुन्छ ?

कुनै पनि खरिदारी गर्दा इसेवा एप खोल्नुहोस् र QR को आइकनमा थिची पसल मा राखिएको QR कोड Scan गरी बिल भुक्तानी गर्नुहोस्।  मात्र यति गरिसकेपछि तपाईंको सहभागीता प्रकृया पूरा हुनेछ। जति धेरै कारोबार, उति धेरै उपहार जित्ने अवसर
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, Viber Community मा follow गर्नुहोस्।