Search

Pokhara Chamber of Commerce and Industry (PCCI) को सदस्यता शुल्क इसेवाबाट सजिलै बुझाउन सक्नुहुन्छ

Pokhara Chamber of Commerce and Industry (PCCI) को सदस्यता शुल्क इसेवाबाट सजिलै बुझाउन सक्नुहुन्छ

पोखरा उद्योग वाणिज्य संघ (Pokhara Chamber of Commerce and Industry - PCCI) उद्योगी/व्यवसायीहरुको हक हितको लागि सन् 1955 मा स्थापना भएको संस्था हो । त्यति बेला यो संस्था पोखरा व्यापार संघ (Pokhara Merchant Association) को नामले सुरुवात गरिएको थियो । अहिले यस संस्था समग्र पोखरा क्षेत्रको आर्थिक र सामाजिक विकासको अभियन्ताको रुपमा स्थापित भएको छ ।

यस संस्थाले पोखराका व्यवसायी, यातायात सेवा प्रदायक, स्वास्थ्य सेवा प्रदायक लगायत अरु थुप्रै उद्यमीहरुलाई मद्दत पुर्‍याउदै आएको छ । हालसम्म यस संस्थाले पोखरा, लम्जुङ, बाग्लुङ जस्ता ठाउँहरुका हजारौँ व्यवसायीहरुलाई व्यापार सम्बन्धि तालिम दिन सफल भएको छ । नेपाली हस्तकला, शिक्षा, सरसफाई व्यवस्था तथा अन्य व्यापारिक क्षेत्रमा कार्यरत व्यवसायीहरुका लागि यो संस्थाले नियमित रुपमा तालिम आयोजना गर्दै आएको छ । यदि तपाईं पोखरा तथा वरिपरिका ठाउँमा व्यवसाय गर्नु हुन्छ भने तपाईं पनि यस संस्थामा आबद्ध भई आफ्नो व्यापार वृद्धि गर्न सक्नुहुन्छ । खुशीको कुरा, तपाईंले पोखरा उद्योग वाणिज्य संघको सदस्यता लिनका लागि सदस्यता शुल्क इसेवाबाट सजिलै बुझाउन सक्नुहुन्छ ।

PCCI को सदस्यता शुल्क भुक्तानी कसरी गर्ने ?

  • सर्वप्रथम आफ्नो इसेवा एपमा लग ईन गर्नुहोस् ।
  • एपमा रहेको Search bar मा Pokhara Chamber of Commerce and Industry लेखि, देखाइएको आइकनमा थिच्नुहोस् ।
  • अब, आफ्नो उद्योगको प्रकार (category) छान्नुहोस् ।
  • पहिलो पटक फारम भर्दै हुनुहुन्छ भने No र यदि सदस्यता नवीकरण गर्दै हुनुहुन्छ भने Yes मा थिच्नुहोस् ।
  • आफ्नो औद्योगिक क्षेत्र दाखिला गर्नुहोस् । (जस्तै: हस्तकला, शिक्षा, आदि)
  • अब शुल्कलाई यकिन गरी Proceed मा थिच्नुहोस् ।
  • पुन: एक पटक विवरण ठिक छ भन्ने पुष्टी गरी Confirm मा थिच्नुहोस् र आफ्नो MPIN/Fingerprint राखी शुल्क बुझाउने प्रक्रिया पुरा गर्नुहोस् ।