बैंक तथा वित्तिय संस्था साथै अन्य अनलाइन सेवा प्रदायकहरूले आफ्नो गोप्य जानकारी नबाड्नुहोस् भनि समय समयमा चेतना दिइरहेका हुन्छन् । तर, यसरी बारम्बार सचेत किन गराइन्छ ?
One Time Password (OTP) भनेको सिस्टमबाट स्वत उत्पन्न हुने अक्षर र अंकको मिश्रण भएको एक पटक मात्र प्रयोग गर्न मिल्ने कोड हो । यो कोडले ग्राहकहरूको अकाउन्टलाई थप सुरक्षित बनाउँदछ । OTP ग्राहकको मोबाइलको मेसेज वा ईमेलमा पठाइने, र एक पटक पठाइएको OTP केही मिनटका लागि मात्र प्रयोग योग्य हुने भएकाले यस सुविधाले थप सुरक्षा पुराउँदछ । इसेवाले पनि ग्राहकहरूलाई थप सुरक्षाका लागि OTP प्रदान गर्ने गर्दछ ।
कस्तो कस्तो परिस्थितिहरूमा OTP प्रदान गरिन्छ?
- इसेवामा खाता रजिस्टर गर्दा ।
- ग्राहकले आफ्नो MPIN वा पासवर्ड परिवर्तन गर्दा ।
- अनलाइन सपिङ वेबसाइट तथा एपहरूमा इसेवाबाट भुक्तानी गर्दा ।
- कुनै नयाँ मोबाइलमा इसेवा लग इन गर्दा ।
- इसेवामा बैंक खाता लिंक गर्दा ।
- Viber मा इसेवा खाता लिंक गर्दा (टपअप र रकम ट्रान्सफरका लागि)
प्रविधिको प्रयोग बढ्दै गए सँगै प्रविधिको दुरूपयोग गरी यसबाट ठगी गर्नेहरू पनि बढ्दै गएका छन् । सामाजिक संजाल वा फोन/ मेसेज मार्फत तपाईंले विभिन्न उपहार जित्नुभएको प्रलोभन देखाइ वा उपहार लिनका लागि OTP दिनुहोस् वाKYC भेरिफाइ गर्नका लागि OTP दिनुहोस् भनि OTP मागी इसेवा खाताको दुरूपयोग हुने सम्भावना भएकाले OTP कोड कसै सँग पनि प्रदान नगर्नहुन अनुरोध गर्दछाैँ ।
आफ्नो अकाउन्ट कसरी सुरक्षित राख्ने ?
- आफ्नो OTP, MPIN वा पासवर्ड कहिले पनि नबाड्नुहोस्, यी व्यक्तिगत विवरणहरूलार्इ गोप्य राख्नुहोस् ।
- नचिनेको व्यक्तिबाट आएको लिंकहरू कहिल्यै पनि नखोल्नुहोस् ।
- इसेवाको प्रतिनिधित्व गरी कसैले फोन वा अरू कुनै माध्यमबाट OTP वा अन्य व्यक्तिगत विवरण मागेको खण्डमा तुरून्तै त्यो व्यक्तिसंग सम्पुर्ण कुराकानी रोकी हाम्रो ग्राहक सेवा केन्द्र (Toll Free: 1660-01-02121) वा इसेवाको ब्लु टिक भएको आधिकारीक फेसबुक पेजमा सम्पर्क गरी रिपोर्ट गर्नुहोस् ।
