Search

Ncell टपअपमा १२० प्रतिशत सम्म बाेनस

Ncell टपअपमा १२० प्रतिशत सम्म बाेनस
कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउनकाे निर्णय लिए पश्चात नेपालीहरूको सहजीकरणका लागि Ncell ले विभिन्न अफरहरू लिएर आएको छ।

Ncell को टप अपमा १२०% बोनस अफर

इसेवा प्रयोग गरी Ncell को टपअप गर्दा हरेक टपअपमा ग्राहकहरूले १२०% बोनस पाउनुहुनेछ । यसरी प्राप्त भएकाे बाेनस रकम ग्राहकहरूले कल, SMS तथा डाटाकाे लागि प्रयाेग गर्नसक्नुहुनेछ । बाेनस रकमकाे म्याद भने टपअप गरेकाे समय देखि ३ दिन सम्मका लागि हुनेछ। स्टे होम अफर: टेक्नोलोजिले थुप्रै नेपालीहरुका लागि घरमै बसेर पनि कार्यालयकाे कामकाज गर्न सक्ने क्षमता दिएकाे छ। यही घरबाटै काम गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै Ncell ले स्टे होम प्याककाे सुरूवात गरेकाे छ।
डाटा प्याककाे रकम डाटा भोलुम मान्य हुने समय
रू २९३.६९ (कर सहित) १० GB डाटा (2G, 3G, 4G) + ५ GB डाटा (4G) ७ दिन (हरेक दिन मध्यरात देखि बेलुका ६ बजेसम्म)

सापटी सेवा र ब्यालेन्स ट्रान्सफर सेवा :

विपतकाे घडीमा आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन सहज पार्नका लागि Ncell ले सापटी सेवा पनि बढाएर न्युनतम रु ४० देखि अधिकतम रु २०० सम्म बनाएकाे छ । त्यसै गरी प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा १० देखि ५०० सम्म वा दिनकाे २० पटक सम्म ब्यालेन्स ट्रान्सफर पनि गर्न सक्ने छन् । Ncellको यो योजना अन्तर्गतको सबै अफरहरु बैशाख २०, २०७७ सम्मका लागि संचालनमा रहनेछन् । इसेवाकाे सुविधा र अफरहरु बारेको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।