कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउनकाे निर्णय लिए पश्चात नेपालीहरूको सहजीकरणका लागि Ncell ले विभिन्न अफरहरू लिएर आएको छ।
Ncell को टप अपमा १२०% बोनस अफर
इसेवा प्रयोग गरी Ncell को टपअप गर्दा हरेक टपअपमा ग्राहकहरूले १२०% बोनस पाउनुहुनेछ । यसरी प्राप्त भएकाे बाेनस रकम ग्राहकहरूले कल, SMS तथा डाटाकाे लागि प्रयाेग गर्नसक्नुहुनेछ । बाेनस रकमकाे म्याद भने टपअप गरेकाे समय देखि ३ दिन सम्मका लागि हुनेछ।
स्टे होम अफर:
टेक्नोलोजिले थुप्रै नेपालीहरुका लागि घरमै बसेर पनि कार्यालयकाे कामकाज गर्न सक्ने क्षमता दिएकाे छ। यही घरबाटै काम गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै Ncell ले स्टे होम प्याककाे सुरूवात गरेकाे छ।
| डाटा प्याककाे रकम |
डाटा भोलुम |
मान्य हुने समय |
| रू २९३.६९ (कर सहित) |
१० GB डाटा (2G, 3G, 4G) + ५ GB डाटा (4G) |
७ दिन (हरेक दिन मध्यरात देखि बेलुका ६ बजेसम्म) |
सापटी सेवा र ब्यालेन्स ट्रान्सफर सेवा :
विपतकाे घडीमा आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन सहज पार्नका लागि Ncell ले सापटी सेवा पनि बढाएर न्युनतम रु ४० देखि अधिकतम रु २०० सम्म बनाएकाे छ । त्यसै गरी प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा १० देखि ५०० सम्म वा दिनकाे २० पटक सम्म ब्यालेन्स ट्रान्सफर पनि गर्न सक्ने छन् ।
Ncellको यो योजना अन्तर्गतको सबै अफरहरु बैशाख २०, २०७७ सम्मका लागि संचालनमा रहनेछन् ।
इसेवाकाे सुविधा र अफरहरु बारेको जानकारीका लागि हामीलाई
Facebook,
Instagram and
Twitterमा follow गर्न नभुल्नुहोला ।