नेपालमा डिजिटल वालेटको सुरुवात भएदेखि सबै भुक्तानीहरु बिस्तारै डिजिटल माध्यमबाट नै हुन थालेका छन्। हुन पनि किन नहोस्, सजिलो यहि नै छ। हामीले आफ्ना ग्राहकहरुका लागि डिजिटल माध्यमको प्रयोगबाट भुक्तानी अझै सहज होस् र थप प्रोत्साहन मिलोस भनेर नयाँ अफर ल्याएका छौँ। यस अफर अन्तर्गत ग्राहकहरुले बीमा प्रिमियम भुक्तानीमा रु. १,००० सम्म क्यासब्याक (०.५%) प्राप्त गर्नुहुनेछ। यदि तपाईंको प्रिमियम भुक्तानीको म्याद नजिकिँदै छ भने, इसेवा मार्फत भुक्तानी गर्नुहोस् र क्यासब्याकको मज्जा लिनुहोस्।
अफरका नियम र सर्तहरू यस प्रकार छन्:
- अफरमा भाग लिनका लागि प्रयोगकर्ताहरू KYC प्रमाणित हुनुपर्नेछ।
- यो अफर MetLife भुक्तानीका लागि मात्र मान्य हुनेछ।
- यो अभियान December 31, 2022 सम्म मात्र मान्य हुनेछ।
- प्रयोगकर्ताहरूले MetLife को प्रिमियम भुक्तानी गर्नुपर्नेछ र ४८ घण्टाभित्र प्रिमियम रकमको क्यासब्याक रु. १,००० सम्म (०.५%) उपलब्ध गराइनेछ।
- बीमाको म्याद मितिभन्दा अगाडि वा तोकिएको मितिको ७ दिनभित्र भुक्तानी गर्ने ग्राहकहरू मात्र प्रिमियम रकम रु. १,००० सम्म (०.५%) क्यासब्याकको लागि योग्य हुनेछन्।
- सबै प्रिमियम भुक्तानीकर्ताहरू क्यासब्याकका लागि योग्य हुनु हुनेछ।
- आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ।
