इसेवाको ग्राहकहरुका लागि खुसीको खबर ! धेरै समय देखि प्रतिक्षामा रहेको नेपाल इन्भेष्टमेण्ट बैंक इसेवामा आवद्द भएको छ । अब इसेवाका ग्राहकहरुले नेपाल इन्भेष्टमेण्ट बैंक (Nepal Investment Bank NIBL) को इन्टरनेट बैंकिङ् (Internet Banking / E-Banking) प्रयोग गरी आफ्नो इसेवा खातामा रकम जम्मा गर्न सक्नुहुनेछ । साथै ग्राहकहरुले नेपाल इन्भेष्टमेण्ट बैंकको ८२ वटा शाखाबाट काउन्टर डिपोजिट मार्फत पनि इसेवामा रकम जम्मा गर्न सक्नुहुन्छ । इसेवामा इन्टरनेट बैंकिङ् मार्फत रकम जम्मा गर्नका लागि तल दिइएका प्रकृया अपनाउनुहोस् ।
How to Load Fund via Nepal Investment Bank Limited (NIBL) Internet Banking?
- सर्वप्रथम, www.nibl.com.np मा गइ eBanking मा click गर्नुहोस् ।
- अब आफ्नो User ID र पासवर्ड राखी log-in गर्नुहोस् ।
- Bill payment को payment setup मा जानुहोस् र Add new utility payment मा click गर्नुहोस् ।
- अब Payee Name मा eSewa भर्नुहोस् र search मा click गर्नुहोस् ।
- अब Payee Name को तल देखिएको ESEWA मा click गर्नुहोस् ।
- eSewa ID भरी Add मा click गर्नुहोस् ।
- Side Bar मा देखाइएको New Paymentमा click गर्नुहोस् ।
- Payment amount र Remarks हाल्नुहोस् र pay मा click गर्नुहोस् ।
- अब Generate OTP मा click गर्नुहोस् र आफ्नो मोबाईलमा आएको OTP "Enter Your OTP" लेखिएको ठाउँमा भरी आफ्नो transaction password राखी confirm मा click गर्नुहोस् ।
- यसरी एक चोटी आफ्नो eSewa ID add गरिसकेपछी अर्को पटक eSewa मा load गर्नका लागि Billsमा गइ New Payment मा गइ रकम जम्मा गर्न सक्नुहुन्छ।
यो सुविधाको सुरुवातले नेपाली ग्राहकहरु माझ अझै धेरै सहजता पुर्याउने आशा गर्दछौँ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
