KYC लाई “Know Your Customer” प्रक्रिया भनेर चिनिने गरिएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो ग्राहकको पहिचान गर्नका लागि KYC प्रयोग गर्दै आइरहेका छन्। यस प्रक्रियाले ग्राहकहरूलाई आफूले दाबी गरेको व्यक्ति आफु नै हो भनी सुनिश्चित गराउँछ। Verified ग्राहकहरुले Bill Payment गर्दा Limit को चिन्ता नलिएर नै ढुक्क भई सबै कारोबार गर्न सक्नु हुन्छ। यति भएपछि आनन्द भएन त ?
KYC Verification प्रक्रिया सफल भइसकेपछी पाइने फाइदाहरु यस प्रकार छन्:
- तपाईंले ढुक्क भई रु. २५०० भन्दा बढीको कारोबार गर्न सक्नु हुनेछ र कुनै पनि Merchant लाई Bill भुक्तानी गर्दा Limit को चिन्ता लिनुपर्ने छैन।
- सजिलै इसेवाबाट आफ्ना साथीभाइ, घर परिवार तथा आफ्ना अरु नजिकका व्यक्ति हरुलाई बैंक खातामा पैसा पठाउन सक्नुहुनेछ।
- इसेवामा ग्राहकहरुका लागि सधै जसो फाइदा जनक अफरहरु चलिरहेका हुन्छन, तपाईंले पनि KYC Verify भएपछि सहभागी भई उपहारको लाभ लिन सक्नुहुन्छ। इसेवाबाट हुने lucky draw हरुमा सहभागी हुन भने KYC दर्ता अनिवार्य रहेको छ।
- तपाईंको घर परिवारले Western Union मार्फत तपाईंले पठाएको पैसा सिधै इसेवामा प्राप्त गर्न सक्नुहुनेछ।
- आफ्नो बैंक अकाउन्ट लिंक गरी इसेवा एप भित्रबाटै Direct Load गर्न सक्नुहुन्छ।
KYC Verify गर्न व्यक्तिगत विवरणका लागि चाहिने कागजातहरू यस प्रकार छन्:
Citizenship/License/Passport/Voter’s ID card
तपाईंले पनि अहिले सम्म आफ्नो KYC Verify गर्नु भएको छैन भने अब ढिला नगरी व्यक्तिगत विवरण बुझाउनुहोस् र इसेवाले जहिले ल्याउने Cashback तथा अरु उपहारहरुका Offer मा सहभागी हुन पाउनु हुनेछ। तर lucky draw मा सहभागी हुन भने तपाईंले अनिवार्य KYC verify गर्नुपर्ने हुन्छ।
KYC भरे पछि Verify हुनका लागि कति समय कुर्ने त?
व्यक्तिगत विवरण बुझाए पश्चात तपाईंले २४-४८ घण्टामा इसेवा खाता भेरीफाइ भएको सूचना नोटिफिकेसन मार्फत प्राप्त गर्नु हुनेछ ।
Verified भएको हेर्न तपाईंले आफ्नो Profile मा गई Profile Photo तल Verified लेखेर आएको हरियो Tick देख्न सक्नु हुनेछ। (यदि दिईएको समयमा KYC प्रमाणित भएन भने केहि कारणवश अस्वीकृत भएको जानकारी गराउदछौँ।)
KYC Verify गर्ने तरिका जान्नका लागि यहाँ थिच्नुहोस्!
यदि तपाईं अझै KYC Verified हुनुहुन्न भने अब ढिला नगर्नुहोस् है।
Thakyoh esewa
Hi
म इसेवा लॉगिन गरी आफ्नो विभिन्न कारो बरो सजिलो संग बुलक्तानी गर्न पाऊँ
Kyc
Hello sir
Kyc kaseri garne ho demo
Dinus hajur
नमस्ते सर,
प्रक्रिया जान्नका लागि हजुरले यो भिडियो हेर्न सक्नुहुनेछ:https://bit.ly/WhyKYCisneeded
धन्यवाद
म ई- सेवा मार्फत मेराे ब्यवसाय मा धेरै मद्दत पुर्याउछ भने मलाई पुर्ण विश्वास छ । म ढुक्क साथ विश्वास लाग्छ कि याे सेवाले मलाई टेवा प्राप्त मिल्छ ।