Search

Kathmandu Upatyaka Khanepani Limited को बिल भुक्तानी इसेवाबाट!

Kathmandu Upatyaka Khanepani Limited को बिल भुक्तानी इसेवाबाट!
धैर्यको फल मिठो हुन्छ!  यो उखान अब काठमाडौं उपत्यकाका बासिन्दालाई साक्षर भएको छ । धेरै लामो समयको पर्खाइ पछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले इसेवा मार्फत अनलाईन भुक्तानी प्रकृया सुचारु गरेको छ । ग्राहकरुलाई काउन्टर धाइ आफ्नो खानेपानीको बिलको भुक्तानी गर्नु पर्ने समस्या थियो । बिल भुक्तानी गर्नको लागि भनेर एउटा छुट्टै समय निकाल्नु पर्ने अवस्था थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनलाईन भुक्तानी प्रकृया सुरु भए सङ्गै ग्राहकहरुले काउन्टर धाइ आफ्नो बिल भुक्तानी गर्नु पर्ने समयलाई अरू महत्वपुर्ण कार्यमा उपयोग गर्न सक्ने भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको र इसेवा बिच अनलाईन भुक्तानीका लागि सम्झाैता भएको छ ।  इसेवाबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका लागि निम्न प्रकृया अपनाउनुहोस् ।

एपबाट भुक्तानी गर्नका लागि:

१. इसेवामा लग इन गर्नुहोस् २. "Khanepani" मा क्लिक गर्नुहोस् । ३. "Kathmandu Upatyaka Khanepani Limited (KUKL)" मा क्लिक गर्नुहोस् । ४. आफ्नो शाखा कार्यालय छान्नुहोस् र "Customer Number" अथवा "Connection Number" राख्नुहोस् । ५. तपाईंको आफ्नो विवरण विस्तृत रूपमा देखिनेछ । ६. रकम राखि "Proceed" गर्नुहोस् र सजिलै खानेपानीको बिलको भुक्तानी गर्नुहोस्।

वेब बाट भुक्तानी गर्नका लागि:

१. इसेवामा लग इन गर्नुहोस् २. "Electricity & Water" मा क्लिक गर्नुहोस् ।   ३. "Khanepani" मा क्लिक गर्नुहोस् । ४. "Kathmandu Upatyaka Khanepani Limited (KUKL)" मा क्लिक गर्नुहोस् । ५.  आफ्नो शाखा कार्यालय छान्नुहोस् र "Customer Number" अथवा "Connection Number" दाखिला गर्नुहोस् । ६. तपाईंको आफ्नो विवरण विस्तृत रूपमा देखिनेछ । ७. रकम राखि "Proceed" गर्नुहोस् र सजिलै खानेपानीको बिलको भुक्तानी गर्नुहोस्।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।