eSewa Week को लोकप्रियताबाट उत्साहित भई हामीले यसपटक ल्याएका छौँ eSewa Dhamakaa Offer!
कति दिन चल्नेछ यस eSewa Dhamakaa योजना? कति जना विजयी छानिनेछन्? विजयीले के जित्नेछन्? यस्तै प्रश्नहरुको उत्तर खोज्दै हुनुहुन्छ भने यो ब्लग तपाईंकै लागि लेखिएको हो ।
जुलाई १ देखि जुलाई ३ (असार १७ - असार १९) सम्म जारी रहने यस योजनामा हरेक दिन १०० जना भाग्यशाली विजेता चुनिनेछन् जसले ५०% छुट (रु ३०० सम्म) का लागि इसेवाको तर्फबाट प्रोमो कोड पाउनेछन् । विजयी बन्नका लागि ग्राहकले मात्र सोही दिनका लागि तोकिएको सेवाको बिल भुक्तानी गर्नुपर्ने छ ।
eSewa Dhamakaa योजना तालिका यस प्रकार रहेको छ:
जुलाई १ (१२:०० AM - ११:५९ PM): टपअप जुलाई २ (१२:०० AM - ११:५९ PM): टिभी तथा ईन्टरनेट जुलाई ३ (१२:०० AM - ११:५९ PM): बिजुली तथा खानेपानीजस्तै: जुलाई १ मा तपाईंले टपअप गर्नुभयो भने टपअपमा सहभागी मध्ये १०० जना विजेतालाई जुलाई २ मा प्रोमो कोड प्रदान गरिनेछ । विजयीले ७ दिन भित्रमा इसेवाबाट जुनै पनि बिल भुक्तानी गर्दा उक्त प्रोमो कोड प्रयोग गरी बिल रकममा ५०% छुट (रु ३०० सम्म) पाउन सक्नुहुनेछ ।
