Search

Buddha Airद्वारा दुईवटा नयाँ मार्गको सुरुवात्

Buddha Airद्वारा दुईवटा नयाँ मार्गको सुरुवात्
विगत २२ वर्ष देखि Buddha Air ले बिराटनगर, भद्रपुर, जनकपुर, नेपालगंज लगायतका विभिन्न ठाउँहरुमा सस्तो र भरपर्दो सेवा प्रदान गर्दै आएको छ । अझै धेरै ठाउँहरुमा हवाई यात्राको सुविधा पुर्‍याउने उद्देश्यले Buddha Airले सुरुवात गर्दैछन् थप २ वटा मार्गहरु: काठमाडौं देखि राजबिराज, र बिराटनगर देखि पोखरा । काठमाडौं देखि राजबिराज मार्गको सुरुवात यही माघ १८ गते देखि हुन गइरहेको छ । यो सुरुवात सँगै ग्राहकहरुले हरेक दिन काठमाडौं देखि राजबिराजको बिहान ११ बजेको उडान र राजबिराज देखि काठमाडौंको दिउँसो १२ बजेको उडान सेवा उपभोग गर्न सक्नुहुनेछ । यस्तै, माघ २० गते देखि ग्राहकहरुले हप्ताको ३ दिन बिराटनगर देखि पोखरा उडान गर्नसक्नुहुनेछ । हरेक सोमबार, बुधबार र शुक्रबार दिउँसोको १:१० बजे Buddha air को हवाईजहाज बिराटनगरबाट उडि दिउँसो २:१० बजे पोखरा पुग्नेछ । सरल र आरामदायी उडानका लागि  सजिलै eSewaबाट Buddha Airकाे टिकट काट्नुहाेस्।