इसेवामा अकाउन्ट लिंक गरी लोड गर्दा चुट्कीमै इसेवा लोड हुनुका साथै यो भन्दा अघि हाम्रा ग्राहकहरुले iPhone 12 mini, पोखरा भ्रमण, रु. ५० क्यासब्याक, फुड भौचर जस्ता उपहारहरु जित्न सफल भइसक्नु भएको छ । सो अफरहरुमा उत्साहजनक सहभागिता प्राप्त भएको हुँदा यो पटक यहाँहरु सबै माझ इसेवाले पुन: लिएर आएको छ एक सुनौलो अफर । यसपाली अकाउन्ट लिंक मात्रै गर्दा एक भाग्यशाली ग्राहकले जोडी (२ जना) को लागि पाउनु हुनेछ Dubai भ्रमण गर्ने अवसर र अकाउन्ट लिंक गरी लिंक गरिएको अकाउन्टबाट इसेवामा रकम जम्मा गर्दा १० जना भाग्यशाली ग्राहकले पाउनु हुनेछ १००% क्यासब्याक (रु १,०००) सम्म हरेक हप्ता ।
यस अफरमा सहभागी हुँदा ग्राहकहरुले निम्न लिखित शर्तहरु पुरा गर्नु पर्ने हुन्छ ।
१. यो अफर सबै KYC प्रमाणित इसेवाका ग्राहक र एजेन्टहरुका लागि मान्य हुनेछ ।
२. यस अफरमा सहभागी हुन आफ्नो बैंक तथा वित्तिय संस्थाको खाता इसेवामा लिंक गरी सोही लिंक गरिएको खाताबाट इसेवामा रकम जम्मा गर्नु पर्ने हुन्छ ।
३. यो अफर कार्तिक २५, २०७८ गते देखि मंसिर २९, २०७८ गते सम्मका लागि चल्नेछ ।
४. पुराना लिंक गरिएका खाता Unlink गरी पुन: लिंक गर्दा यस अफरको लागि योग्य हुनेछैन ।
५. एक जना भाग्यशाली विजेताले Dubai भ्रमणको अवसर पाउनुहुनेछ र १० जनाले हरेक हप्ता १००% क्यासब्याक (रु. १,०००) सम्म जित्नु हुनेछ ।
नोट: अफरमा सहभागी हुँदा ठेगाना र फोन नम्बर गलत भएमा इसेवा जिम्मेवार हुने छैन ।
६. अफरको विजेता घोषणा भएपछि १ महिना भित्र विजेताले पुरस्कार दाबी गर्न उपस्थित हुनु पर्ने हुन्छ । तोकिएको समयमा पुरस्कार लिन असफल भएमा इसेवाले सो पुरस्कार रद्द गर्न सक्ने अधिकार राख्दछ ।
७. पुरस्कार लिनका लागि विजेताले आफ्नो परिचय खुल्ने कागजात (नागरिता/पास्पोर्ट/लाईसेन्स) उपलब्ध गराउनु पर्ने हुन्छ ।
८. यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन ।
९. कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्दछ ।
१०.ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्याउने अधिकार राख्दछ ।
११. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ ।
१२. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता वा रकमान्तरण गरिनेछैन ।
१३. आयकर ऐन अनुसार विजेताले २५% कर तिर्नु पर्ने हुन्छ ।
१४. विजेता पौष ६ गते घोषणा गरिनेछ ।
अकाउन्ट लिंक कसरी गर्ने सोच्दै हुनुहुन्छ ? यहाँ क्लिक गर्नुहोस् ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
