Search

मात्र रु १०० मा Fascino 125 Fi

मात्र रु १०० मा Fascino 125 Fi
२०७८ सालको बडा दशैँ हाम्रो घर दैलोमा ढकढकाउन आइपुगिसकेको छ ।  चारै तिर उपहारको बहार चलिरहेको अवस्थामा इसेवाबाट अब मात्रै रु. १०० मा पाउनुहोस् स्कुटर जित्ने मौका ।  यस अगाडी भएका रु. ११ मा ५५" टि.भि., रु. ५० मा iPhone 12 Pro जस्तै यो बडा दशैँमा पाउनुहोस् मात्र रु. १०० मा Yamaha Fascino 125 Fi साथ साथै १० जना भाग्यशाली विजेताले रु. ५,००० को शपिङ भौचर जित्ने मौका ।  मात्र रु. १०० मा स्कुटर आफ्नो आँगनमा राख्न कसलाई मन नलाग्ला त हैन ? यस अफरमा सहभागी हुँदा दिनु भएको रु. १०० तपाईंले दाखिला गर्नु भएको मोबाईल नम्बरमा १ हप्तामा मोबाईल टपअपको रुपमा फिर्ता गरिनेछ ।

अफरमा भाग लिन यहाँ क्लिक गर्नुहोस् ।

अफरमा सहभागी भई स्कुटरका लागि योग्य हुनका निमित्त निम्न लिखित शर्तहरु पुरा गर्नु पर्ने हुन्छ । . यो अफर सबै KYC प्रमाणित इसेवाका ग्राहक र एजेन्टहरुका लागि मान्य हुनेछ ।     नोट: KYC अझै प्रमाणित गरिसक्नु भएको छैन भने कार्तिक ९ गते भित्र प्रमाणित गराइसकेको हुनु पर्ने हुन्छ । . यो अफर असोज १० गते देखि कार्तिक ९ गते सम्मका लागि चल्नेछ । . एक जना भाग्यशाली विजेताले Yamaha Fascino 125 Fi जित्नु हुनेछ र १० जनाले रु ५,००० को शपिङ भौचर जित्नु हुनेछ ।       नोट: अफरमा सहभागी हुँदा ठेगाना र फोन नम्बर गलत भएमा इसेवा जिम्मेवार हुने छैन । . अफरको विजेता घोषणा भएपछि १ महिना भित्र विजेताले पुरस्कार दाबी गर्न उपस्थित हुनु पर्ने हुन्छ । तोकिएको समयमा पुरस्कार लिन असफल भएमा इसेवाले सो पुरस्कार रद्द गर्न सक्ने अधिकार राख्दछ । . पुरस्कार लिनका लागि विजेताले आफ्नो परिचय खुल्ने कागजात (नगरिता/पास्पोर्ट/लाईसेन्स) उपलब्ध गराउनु पर्ने हुन्छ । . यो अफर प्रोमोसनका लागि मात्रै ल्याईएको हो । यो नेपालको प्रचलित कानून अन्तर्गत वर्जित जुवा, सट्टेबाजी, वा बेटिङ अन्तर्गत पर्दैन। . यस अफरमा विजेता योग्य हुन सहभागीले अफरका सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताको कारोबार अपूर्ण भएको खण्डमा इसेवा उत्तरदायी हुनेछैन । . कुनै शंकास्पद गतिविधि भेटिएमा इसेवाले यस अफर योजना रद्द गर्न सक्ने अधिकार राख्छ । . ईसेवाले अफर योजनाका मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्तालाई अयोग्य ठहर्‍याउने अधिकार राख्दछ । १०. आवश्यक परेको खण्डमा कुनै पूर्व सूचना बिना नै इसेवाले योजनाका शर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्नेछ । ११. अफर योजनामा सहभागी भई प्रयोगकर्ताले आफ्नो मोबाईल नम्बर इसेवाको प्रोमोसनल गतिविधि, मार्केटिङ वा कुनै पनि प्रशासनिक मामिलाहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यका लागि प्रयोग गर्न मन्जुरी दिनेछन् । १२. यस अफर मार्फत जितिएको पुरस्कार ट्रान्सफर वा फिर्ता गर्न सकिने छैन । १३. आयकर ऐन अनुसार विजेताले २५% कर तिर्नु पर्ने हुन्छ । १४. विजेता कार्तिक १६ गते घोषणा गरिनेछ ।
अफरमा सहभागी हुनका लागि निम्न प्रक्रिया पुरा गर्नुहोस्: १. इसेवा लग इन गरी Popular Services मा जानुहोस् २. यहाँ Rs. 100 maa Scooter मा क्लिक गर्नुहोस् ३. अब टपअप गर्न चाहनु भएको मोबाईल नम्बर र अफर छानी Proceed मा क्लिक गर्नुहोस् ४. विवरण पुन: यकिन गरी Confirm मा क्लिक गरी भुक्तानी पुरा गर्नुहोस् ।
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।