आफ्नो पसलमा भएको QR (Scan and Pay) बाट भुक्तानी लिन र ग्राहकवर्गमा यसको प्रयोगलाई प्रोत्साहन गर्नको निम्ति यहि श्रावण १ गतेबाट लागु हुने गरि फोनपे रिटेल मर्चेन्टमा तल उल्लेखित अफर लागु भएको जानकारी गराउँदछौँ ।
| भुक्तानी गर्ने ग्राहक संख्या (मासिक) | प्राप्त गर्ने रकम |
| ५० | रु. १,५०० |
| १०० | रु. ३,५०० |
| १५० | रु. ६,००० |
| २०० | रु. ९,००० |
| २५० | रु. १२,५०० |
यस अफरमा सहभागी हुनको लागी निम्न प्रक्रियाहरु पुरा हुनपर्ने छ ।
- इसेवा तथा बैंकद्वारा प्रदान गरिने फोनपे QR कोड राख्न पर्ने ।
- सो QR को मार्फत माथि उल्लेखित ग्राहक संख्याबाट भुक्तानी प्राप्त गर्नुपर्ने छ। भुक्तानी इसेवा ग्राहक वा बैंकको मोबाइल बैंकिङ दुबैबाट मान्य हुनेछ।
- भुक्तानी रकम न्युनतम रु. १०० हुनपर्ने छ ।
