नेपाल विद्युत प्राधिकरणले जागिरका लागि खुलाएको विभिन्न पदहरुको दर्खास्त फारम भर्नका लागि तल दिइएको प्रक्रिया अपनाउनुहोस्:
दर्खास्त फारम भर्नु अघि पदका लागि आवश्यक न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्र तयार राख्नुहोला । न्युनतम शैक्षिक योग्यता हेर्नका लागि:
१ नेपाल विद्युत प्राधिकरणको वेबसाईट nea.org.np खोल्नुहोस् ।
२ “Recruitment” सेक्सनमा थिच्नुहोस् र Open सेक्सन भित्र भएको “विज्ञापन तथा सुचनाहरु” मा थिच्नुहोस् ।
३ “खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी पदपूर्ती गर्ने सम्बन्धि सुचना” लेखिएको अप्सनमा थिच्नुहोस् र आवश्यक पर्ने प्रमाणपत्रको बारे जानकारी लिनुहोस् ।
यसरी शैक्षिक योग्यताको प्रमाणपत्र, तालिमको प्रमाणपत्र, अनुभवको प्रमाणपत्र सबै तयार पारी आफ्नो ब्राउजरमा career.nea.org.np खोल्नुहोस् । अब दर्खास्त फारम भर्नका लागि:
१ स्क्रीनमा देखाइएको “Register” बटनमा थिच्नुहोस् ।
२ आफ्नो नाम, ईमेल, बुवाको नाम र हजुरबुवाको नाम भरी, अकाउन्टमा प्रयोग हुने पास्वर्ड लेख्नुहोस् र “I am not a robot” मा टिक गरी register गर्नुहोस् ।
३ अब देखाइएको “खुल्ला” अप्सनमा थिच्नुहोस् ।
४ खुलेको पेजमा आफ्नो नाम, बुवाको नाम, आमको नाम, हजुरबुवाको नाम, जन्म मिति, लिङ्ग साथै नागरिकताको विवरण भरी “Save and Next” बटनमा थिच्नुहोस् ।
५ Contact पेज सेक्सनमा आफ्नो प्रदेश, जिल्ला, नगरपालिका, वडा नम्बर, टोल, घर नम्बर, फोन नम्बर, मोबाईल नम्बर, ईमेल, पत्रचार गर्ने ठेगाना भरी “Save and Next” बटनमा थिच्नुहोस् ।
६ स्क्रीनमा देखिएको “Browse” मा थिची शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपी upload गर्नुहोस् र “Save and Next” बटनमा थिच्नुहोस् ।
७ यसरी नै जागिरी पद सम्बन्धी लिनु भएको तालिमको डिजिटल कपि upload गरी “Save and Next” बटनमा थिच्नुहोस् ।
८ यस्तै गरी अघिल्लो अनुभवको डिजिटल कपि अप्लोड गरी “Save and Next” बटनमा थिच्नुहोस् ।
९ अब खुलेको पेज मा आफ्नो १ MB भन्दा थोरैको पस्स्पोर्ट साइजको फोटो, आफ्नो दर्खास्तको डिजिटल कपि, नागरिक्ता, समावेशी प्रमाणपत्र र अन्य आवश्यक पर्ने कागजातहरु upload गर्नुहोस् र “Save and Next” बटनमा थिच्नुहोस् ।
१० स्क्रीनमा देखाइएको सबै विवरण ठीक छ भनि जाँच गरी “Next” बटनमा थिच्नुहोस् ।
११ आफूले उम्मेद्वारी दिन चाहनुभएको पद खोजी “Apply” बटनमा थिच्नुहोस् र “Save and Next” बटनमा थिच्नुहोस् ।
१२ दर्खास्त शुल्क बुझाउनका लागि देखाइएको अप्सन मध्यमा “इसेवा” थिच्नुहोस् ।
खुलेको पेजमा आफ्नो eSewa ID र पास्वर्ड हाली लग इन गर्नुहोस् र दर्खास्त फारम भर्ने प्रक्रिया
सरल रूपमा पुरा गर्नुहोस् ।