Search

खाने मुखलाई जुँगाले छेक्दैन - विष्णु प्रसाद चौलागाई

खाने मुखलाई जुँगाले छेक्दैन - विष्णु प्रसाद चौलागाई

सधै झैँ इसेवाको केन्द्रिय कार्यालय हात्तीसारमा हामी सबै कर्मचारी आफ्नै काममा लागिपरेका थियौँ । यत्तिकैमा हाम्रो अफिसको रिसेप्सनमा एउटा ७० वर्षिय विष्णु प्रसाद चौलागाई आइपुग्नुभयो । रिसेप्सनमा बसी भन्नु भयो "लौ नानी मलाई इसेवा चलाउन सिकाइदिनु पर्‍यो" । उहाँले आफ्नो मोबाईलमा इसेवा एप हालिसक्नु भएको रहेछ, र रेजिस्टर मात्र नभई KYC पनि भरिसक्नु भएको रहेछ । यो देखेर इसेवाको बारे कसरी थाहा पाउनुभयो अनि KYC भर्नमा चाहिँ कस्ले मद्दत गरिदियो भनेर सोध्दा, चाबहिलकाे काउन्टर पुग्ने दिनहरू सम्झिँदै भन्नुभयो “उमेर ढलिसक्यो, हाम्रो तागत बाबुनानीको जत्ती छैन अब । त्यसैले पनि होला हरेक चोटी बत्तीको पैसा तिर्न चाबहिलको काउन्टर पुग्नु पर्दा यो काम घरमै बसेर सक्काउन पाएको भए कत्ती आनन्द हुनेथियो भनेर सोच्थिएँ । एकदिन बिजुलीकै काउन्टरमा इसेवाका बाबुनानी भेट भयो र उनीहरुले आजभोलि बिल अनलाईन तिर्न मिल्ने बताए ।" इसेवाको अफिसरहरुले उहाँको मोबाईलमा इसेवा डाउनलोड गरी KYC भर्नमा पनि मद्दत गरिदिएका रहेछन् र काराेबार गर्न सिकाइदिएका रहेछन् । यसरी चलाउन सिकिसकेपछी उहाँले टप अप र बत्तीको बिल इसेवाबाटै तिर्न थाल्नु भएको रहेछ, तर बिचमा दुई महिना जती एप नचलाउँदा इसेवा चलाउन बिर्सिनुभएछ । सोही कारण एप चलाउन पूर्ण सिक्नका लागि इसेवाको अफिस खोज्दै आइपुग्नुभएको रहेछ ।

खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ केहि गर्न चाहे उमेरले रोक्दैन । उमेर ढल्किन्दै गए पनि उहाँको शेयर बजारमा रुची घटेको छैन र अहिले पनि शेर बजारको सम्पूर्ण जानकारी राखि लगानी गर्नुहुँदो रहेछ । पहिले जस्तो DEMAT खाताको कागजात बोकेर हिँडिरहनु नपर्ने र सबै कागजातको डिजिटल कपि कम्पनीले नै राख्ने जानकारीबाट उहाँको टेक्नोलोजीमा रुचिको सुरुवात भएको थियो भने अहिले त उहाँ इसेवा, मोबाईल बैंकिङ्ग सबै प्रयोग गर्नुहुन्छ ।

विष्णु प्रसाद चौलागाई जस्तै जेष्ठ नागरिकहरु नेपाललाई डिजिटल बनाउन आफ्नो साझेदारी देखाउँदै हुनुहुन्छ, अनि तपाईं नि ?

  हाम्रा सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।