आजभोलि अन्लाईन पेमेन्टको प्रयोग बढ्दो क्रममा छ । अफिसमा गएर लाईन लागेर घन्टौँ बिताएर खानेपानीको महशुल भुक्तानी गर्ने दिन गए । अब खानेपानीको बिल ग्राहकहरुले घरमै बसिबसि eSewa बाट तिर्न सक्नुहुन्छ ।
महशुल कसरी तिर्ने त ?
१ सर्वप्रथम eSewaको वेबसाईट/ मोबाईल एप खोली Login गर्नुहोस् ।
२ अब Khanepani मा थिच्नुहोस् ।
३ त्यसपछि आफ्नो काउन्टर छान्नुहोस् र Customer ID भर्नुहोस् ।
४ देखाईएको विवरण ठिक छ कि छैन हेरी आफ्नो मोबाईल नम्बर भरेर Proceed गर्नुहोस् ।
५ देखाईएको विवरण एक पटक फेरी जाँच गरी Confirm गर्नुहोस् र पेमेन्ट पुरा हुनेछ ।
यसरी अन्लाईन पेमेन्ट गर्नुको फाइदा क हो त ?
– समयको बचत ।
– काउन्टर धाउने झन्झटबाट छुट्कारा ।
– यात्रा गर्दा लाग्ने खर्च को बचत ।
इसेवामा आवद्ध खानेपानी संस्थानहरु: Click Here
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: eSewa
हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।