नयाँ वर्षको धमाका ! इसेवा मार्फत जिभीको भुक्तानी गर्दा पाउनुहोस् रु.२०० को छुट र आकर्षक होटल बसाइको मौका !
नयाँ वर्ष २०८२ को आगमनसँगै इसेवाले तपाईहरुको लागि ल्याएको छ एक विशेष अफर । नयाँ वर्षको विशेष अवसरमा ग्राहकवर्गमा उत्साह उमंग थप गर्नुको साथै उपहार स्वरुप नेपालकै पहिलो र अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले जिभीसँगको सहकार्यमा बबाल नयाँ वर्ष अफर ल्याएको छ । २०८१ साल चैत्र २४ गते देखि सुरु हुने यो आर्कषक अफरमा सहभागी भएर तपाईले रु. २०० सम्मको छुट पाउन सक्नुहुनेछ भने ५ जना भाग्यशाली विजयेताले पाउनुहुनेछ दुइ जनाको लागि आकर्षक होटल बसाइको मौका ।
जिभी तपाईको सहज सपिङ्ग अनुभवका लागि कार्यरत रहेको लोक प्रिय अनलाइन स्टोर हो । तपाईले जिभीमा इलेकट्रनीकस देखि दैनिक प्रयोग हुने सामान सम्म र टेन्डीङ्ग लुगा, एक्सेसरी देखी कस्मेटेकका सामान सम्म सबै किसिमका समान खरिद गर्नसक्नुहुन्छ । यहाँ बच्चा, वयस्क, महिला, पुरुष सम्पूर्णको लागि सामान उपलब्ध छ । गुणस्तरीय उत्पादन र उत्कृष्ट ग्राहक सेवाका कारण जिभी आजको समयमा धेरै नेपालीहरुको रोजाइ बनिसकेको छ ।
Contents
के छ त यो नयाँ वर्षको विशेष अफर ?
यस नयाँ वर्ष इसेवा र जिभीको सहकार्यमा आफ्ना ग्राहकहरूका लागि दुईवटा आकर्षक अफरहरू ल्याएको छः
१. रु. २०० सम्मको छुटः
यदि तपाई जिभीको नयाँ ग्राहक हुनुहुन्छ वा पहिले किनमेल गरिसक्नुभएको छैन भने, यो विशेष अफर तपाईको लागि हो। अब जिभीबाट रु. २,००० वा सोभन्दा बढीको सामान खरिद गरी इसेवा मार्फत भुक्तानी गर्दा तपाईले सिधै रु. २०० को छुट पाउनुहुनेछ। यो अफर सीमित अवधिका लागि मात्र हो, त्यसैले आजै जिभीमा गएर आफ्नो मनपर्ने सामानहरू अर्डर गरी भुक्तानी इसेवा मार्फत गर्नुहोस् ।
२. ५ भाग्यशाली विजेतालाई निःशुल्क ट्रीप:
यति मात्र होइन! जिभी र इसेवा होटलको सहकार्यमा ५ भाग्यशाली विजेताले एक जोडीका लागि निम्न उल्लेखित उत्कृष्ट होटलहरूमा निःशुल्क बसाइको अवसर पनि प्राप्त गर्ने सक्नुहुनेछ ।
- Soaltee Westend, Itahari
- Soaltee Westend, Chitwan
- Lapsi Tree, Batase Dada, Nagarkot
- Hotel Sarathi, Dhulikhel
- Miraaya Wellness and Golf Resort, Devchuli-02 Keurani, Nawalpur (Near Shashwat Dham)
उपहार जित्न तर कसरी सहभागी हुने?
यस अफरमा सहभागी हुनको लागि चैत्र २४ गतेदेखि जिभीबाट न्यूनतम रु. २,००० बराबरको सामान खरिद गरी इसेवा मार्फत भुक्तानी गर्नुपर्नेछ। नयाँ ग्राहकहरूले रु. २०० को छुट स्वतः पाउनेछन् भने निःशुल्क होटल बसाइका लागि योग्य हुन सबै ग्राहकहरूले तोकिएको अवधिमा किनमेल गरी इसेवा प्रयोग गरी भुक्तानी गरेको हुनुपर्नेछ।
विजेता छनोट प्रक्रिया
विजेताहरूको छनोट अफर समाप्त भएपछि स्थान अनुसार गरिनेछ। विजेताहरूको घोषणा इसेवा र जिभीको आधिकारिक सामाजिक सञ्जाल पेज र वेबसाइट मार्फत गरिनेछ।
त्यसैले, अब ढिला नगरी जिभीको वेबसाइट वा एपमा जानुहोस् र आफ्नो आवश्यकता अनुसारका सामानहरू खरिद गरि इसेवा मार्फत भुक्तानी गर्नुहोस्। यो नयाँ वर्ष तपाईको लागि थप खुसी र यादगार रहोस् भन्ने हाम्रो कामना छ इसेवा परिवार!
नयाँ वर्षकाे किनमेल जिभीसँग गरौं, भुक्तानी सजिलै इसेवाबाटै गराैं र आकर्षक उपहारहरू जिताैँ !