इसेवा महा–उत्सवको विजेता रवि बम्जनलाई कार हस्तान्तरण

इसेवा महा–उत्सवको विजेता रवि बम्जनलाई कार हस्तान्तरण

नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी प्रदायक कम्पनी इसेवाले दशैं, तिहार र छठको अवसरमा चाडपर्वको हर्षलाई थप उत्साहजनक बनाउने उद्देश्यका साथ इसेवा महा–उत्सव अफर ल्याएको थियो । यस अफरमा इसेवा मार्फत कुनै एक कारोबार गर्ने भाग्यशाली प्रयोगकर्तालाई बम्पर उपहार स्वरुप नामी कम्पनीको नयाँ इलेक्ट्रिक कार जित्ने मौका थियो । यसै इसेवा महा–उत्सव अन्तर्गतको बम्पर उपहार नामी कारको विजेता रवि बम्जनलाई नक्साल स्थित MAW Vriddhi शोरूममा इसेवाका प्रमुख रणनीतिक अधिकारी श्री रवि शाक्यले आधिकारीक रुपमा हस्तान्तरण गरेका हुन् ।

यस महा–उत्सवमा दैनिक फ्ल्यास सेल, देखि ६५ इन्चको टिभी, iPhone 16, iPhone 16 Pro जस्ता मेघा उपहार थियो भने बम्पर उपहार स्वरूप नामीको इलेक्ट्रिक कार समावेश थियो । यसैगरी, रु. १०० को खेल खेल्ने प्रयोगकर्ताहरूलाई iPhone 16 जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि को बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई ६५ इन्चको टिभी जित्न मौका थियो । दैनिक फ्ल्यास सेल र साप्ताहिक हट डिल्सले यस इसेवा महा–उत्सवमा थप आर्कषण थपेको थियो भने यसै उत्सवको क्रममा इन्टरनेट बिल भुक्तानी गर्नेहरुका लागि iPhone 16 Pro जित्ने मौका समेत थियो ।

सोही योजना अन्तर्गत सरोज कुमार पाण्डे र अविन गुरूअचार्यले रु. १०० को खेलमा iPhone 16 जित्न सफल भएका थिए भने अनिल चालिसे, दिपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः रु. ५०,०००, रु. २५,००० र रु. १५,००० हात पारेका थिए ।

विजेताको हाइलाइट

इसेवा महा–उत्सव अन्तर्गत बम्पर उपहार विजेता रवि बम्जनलाई नक्साल स्थित MAW Vriddhi शोरूममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले आधिकारक रुपमा हस्तान्तरण गरेका हुन् । यस अवसरमा, इसेवाका प्रमुख रणनीतिक अधिकारी श्री रवि शाक्यले ग्राहकको सहजता, सन्तुष्टि र वित्तीय सुरक्षा नै इसेवाको प्राथमिकता भएको बताउनुभयो । इसेवा सदैव डिजिटल नेपालको लागि कार्यरत रहि, आवश्यकता अनुसार नविनतम सेवाहरु थप गर्दै सबै–सधैं–सँगै एक उज्जवल र सुरक्षित वित्तीय भविष्यतर्फ अघि बढ्ने कुरामा समेत प्रमुख रणनीतिक अधिकारी शाक्यले जोड दिएका थिए ।

इसेवा महा–उत्सवका बम्पर उपहार विजेता रवि बम्जनले नामीको इलेक्ट्रिक कारको प्राप्त गरेपछि इसेवालाई आभार व्यक्त गर्दै यस पुरस्कारले उनको जीवनमा ठूलो परिवर्तन ल्याउने बताउनुभयो । यसै क्रममा इसेवाले यस्तो महा–उत्सव आयोजना गरेर आफ्नो ग्राहकहरुको आर्थिक उत्थानको लागि अवसर दिएकोमा कुरालाई लिएर खुशि व्यक्त गर्दे यस पुरस्कारले इसेवा प्रयोग गर्नको लागि थप प्रेरित गरेको कुरामा जोड दिनुभयो । साथै बम्जनले भविष्यमा पनि इसेवाले यस्ता रोमाञ्चक कार्यक्रमहरू गर्दै ग्राहकको सन्तुष्टि र विश्वास कायम राख्नेछ भन्नेमा विस्वस्त रहेको बताउनुभयो । 

यसै साथ इसेवाले आगामी दिनमा पनि यस्तै थुपै योजना ल्याउने र सदैव प्रयोगकर्तको हित तथा डिजिटल कारोबारलाई सुरक्षित र सहज बनाउन तत्पर रहेने प्रतिवद्धता जनाएको छ । इसेवाले नेपालको ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ, जुन शहरी क्षेत्रहरूमा मात्र सिमित नभई उपत्यका बाहेकका क्षेत्रहरू पनि समावेश छन् । हाल इसेवाको ८ वटा शाखा कार्यालय र ३ वटा सम्पर्क कार्यालय प्रमुख शहरहरूमा अवस्थित छन् । इसेवा लिमिटेडका १ करोड भन्दा बढी दर्ता भएका ग्राहकहरू, २,७०,००० भन्दा बढी आधिकारिक प्रतिनिधिहरु, ४९ वटा बैंकहरू, ४५ वटा माइक्रोफाइनान्स संस्थाहरू र ५,००,००० भन्दा बढी मर्चेन्टहरू रहेको छ ।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

Leave a Reply

Your email address will not be published. Required fields are marked *