इसेवाले विगत १० वर्ष देखि अनलाईन भुक्तानी सेवा प्रदान गर्दै ग्राहकहरुको जीवन सहज बनाउनमा सफल भएको छ । इसेवाको मोबाईल एप्लिकेसन तथा वेब एप्लिकेसन प्रयोग गरी ग्राहकहरुले नि: शुल्क एक अर्कालाई पैसा पठाउन सक्नुहुनेछ। अहिलेको अवस्थामा घर बसेर नै एक व्यक्तिले अर्को व्यक्तिलाई रकम पठाउन मिल्ने सुविधा अझै प्रचलित हुँदै गएको छ ।
Contents
इसेवा प्रयोग गरी रकम कसरी पठाउने ?
ग्राहकहरुले रकम पाउने व्यक्तिको मोबाईल नम्बर अथवा QR कोड प्रयोग गरी रकम पठाउन सक्नुहुनेछ।
मोबाईल नम्बर प्रयोग गरी रकम पठाउने प्रक्रिया:
१ आफ्नो इसेवा एप खोली लगिन गर्नुहोस् (यदी एप छैन भने डाउन्लोड गर्नुहोस्)
२ “Send Money” मा थिच्नुहोस् ।
३ रकम प्राप्त गर्ने व्यक्तिको eSewa ID ,पठाउन चाहनुभएको रकम , रकम पठाउनुको कारण र “Remarks” भर्नुहोस् ।
६ विवरण सबै ठीक छ भनी जाँच गरी Confirm मा थिच्नुहोस् ।
७ आफ्नो MPIN/Fingerprint/Password प्रयोग गरी रकम पठाउने प्रक्रिया पुरा गर्नुहोस् ।
इसेवाको सम्पुर्ण सुविधा प्रयोग गर्नका लागिइ आजै KYC भर्नुहोस् । KYC प्रकृयाको विस्तृत जान्कारी का लागि: यहाँ थिच्नुहोस्
QR कोड मार्फत रकम पठाउने प्रक्रिया:
१ आफ्नो इसेवा एप खोली लगिन गर्नुहोस् (यदी एप छैन भने डाउन्लोड गर्नुहोस्)
२ “Scan & Pay” को आइकनमा थिच्नुहोस् ।
३ रकम पाउने व्यक्तिको QR कोड स्क्यान गर्नुहोस् ।
[नोट: रकम प्राप्त गर्ने व्यक्तिको QR कोडका लागि उहाँको इसेवा एप खोली “Scan & Pay” आइकनमा थिची “My QR” मा थिच्नुहोस्]
४ पठाउन चाहनुभएको रकम , रकम पठाउनुको कारण र “Remarks” भर्नुहोस् ।
६ विवरण सबै ठीक छ भनी जाँच गरी Confirm मा थिच्नुहोस् ।
७ आफ्नो MPIN/Fingerprint/Password प्रयोग गरी रकम पठाउने प्रक्रिया पुरा गर्नुहोस् ।
इसेवाकाे सुविधा र अफरहरु बारे जानकारीका लागि हामीलाई Facebook, Instagram and Twitterमा follow गर्न नभुल्नुहोला ।