Search

अब बिजुलीको बिल कति उठ्यो आफै हेर्नुहोस्।

अब बिजुलीको बिल कति उठ्यो आफै हेर्नुहोस्।
विश्वव्यापी माहामारीको रुप लिइरहेको यस कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । व्यपार, व्यवसायहरु प्राय ठप्प छन् । यसै समयमा भाइरस संक्रमणको रोकथामका लागि विभिन्न निर्णयहरु लिइएका छन् सामाजिक दुरी कायम गर्ने देखि लिएर साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, इत्यादी मापदण्ड तोकिएका छन्।    यस समयमा कतिपय बिलहरु बुझाउन कार्यालयहरु बन्द छन् र यस अवस्थामा डिजिटल माध्यमबाट भुक्तानीको दर तिब्र गतिमा बढ्दो क्रममा छ । हामीले टेलिफोन, ईन्टरनेट, टि. भी. आदिका बिलहरु सजिलै आफ्नो मोबाईलबाट वा सेवा प्रदायकका एप वा वेबसाईटबाट हेर्न मिल्ने सुविधा त छदै छयही भयाभय स्थितिलाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकारणले पनि आफैले मिटर रिडिङ गर्न मिल्ने सुविधा उपलब्ध गराएको छ ।  https://consumer.nea.org.np/ यस साइटमा गइ ग्राहकहरुले आफ्नो खाता बनाइ सजिलै बिजुलीको बिल कति उठ्यो भनेर हेर्न सक्नु हुनेछ । सोही रकम इसेवामा हेरी महशुल भुक्तानी गर्न सक्नु हुनेछ ।  आफ्नो घर वा कार्यालयमा जडित मिटर बाकसमा उठेको मिटर अंक र गत महिनाको मिटर अंक राखी बिल हेर्न सक्नु हुनेछ र सजिलै विद्युतको महशुल इसेवाबाट बुझाउन सक्नु हुनेछ । https://consumer.nea.org.np/ मा गइ कसरी आफै बिल हेर्ने बारे निम्न प्रकृया अप्नाउनुहोस् । १. सर्वप्रथम ग्राहकले यस लिंकमा आफ्नो खाता बनाउनु पर्ने हुन्छ र यसका लागि दाया पट्टी रहेको Login/ Regiter मा Register मा क्लिक गर्नुहोस् । २. यहाँ देखाइएका विवरणहरु जस्तै ग्राहकको नाम, ईमेल, मोबाईल नम्बर, र पास्वर्ड राखी पुन: पास्वर्ड राखी reCAPTCHA मा चिन्ह लगाइ Submit मा क्लिक गर्नुहोस् । यति गरे पछि तपाईंको खाता बन्ने छ । अब मिटर अंक राख्नका लागि Username र पास्वर्ड राखि लग इन गर्नुहोस् र Add consumer मा क्लिक गर्नुहोस् ।   -       विद्युत महशुल भुक्तानी गर्ने शाखा छान्नुहोस् -       Consumer ID राख्नुहोस् -       S.C. Number राख्नुहोस् र Submit मा क्लिक गर्नुहोस् यहाँ तपाईंको विवरण दाखिला भएको छ । अब Click मा थिच्नुहोस् र कति AMPHS को हो राख्नुहोस् । यहाँ कुन महिनाको बिल हेर्दै हुनुहुन्छ राख्नुहोस् र हालको मिटर रिडिङ राखी Submit मा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईंको महशुल देख्नु हुनेछ । यसरी सजिलै विद्युतको महशुल हेरी इसेवाबाट महशुल बुझाउनुहोस् ।   के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।