Search

अब नेपालमै स्क्रिलमा रहेको रकम इसेवाबाट चलाउन सकिने

अब नेपालमै स्क्रिलमा रहेको रकम इसेवाबाट चलाउन सकिने
 

प्रसिद्ध अन्तराष्ट्रिय अनलाइन पेमेन्ट प्रोसेसिङ सिस्टम स्क्रिल (Skrill) ले नेपालका लागि स्क्रिल अकाउन्टमा रहेको रकम सिधै झिकेर इसेवा वालेटमा राख्न सकिने विकल्प थपेकाे छ ।

अन्तराष्ट्रिय मनि ट्रान्सफर सेवा उपलब्ध गराउदै आएको वेलायती कम्पनी स्क्रिल ले कम दरमा अन्तराष्ट्रियस्तरमा रकम ट्रान्फर गर्दै आएको छ । स्क्रिलले हालै होमसेन्ड (HomeSend) सँग साझेदारी गरेको छ । हा]मसेन्ड मास्टरकार्ड, विआइसिएस र इसर्भग्लोबजस्ता अन्तराष्ट्रिय मनी ट्रान्सफरको संयुक्त सहकार्य हो ।

नेपालको लोकप्रिय लोकल अनलाइन पेमेन्ट गेटवेको रुपमा इसेवालाई लिइन्छ । इसेवाबाट विल भुक्तानी गर्न, सामग्रीहरु खरिद गर्न र लोकल ब्यांक अकाउन्टमा पैसा ट्रान्सफर पनि गर्न सकिन्छ । पेपलमा जस्तै इसेवाबाट पनि विभिन्न अनलाइन कारोबारहरु गर्न सकिन्छ । सिनेमाको टिकेट, अनलाइन खरिदजस्ता कारोबार गर्न सकिन्छ । नेपालमा अनलाइन कारोबार गर्नको लागि इसेवा सबैभन्दा भरपर्दो माध्यममा पर्दछ ।

स्क्रिलबाट रकम झिकेर कसरी इसेवा वालेटमा जम्मा गर्ने ?
तपाईको स्क्रिल अकाउन्टबाट इसेवा वालेटमा रकम जम्मा गर्नको लागि तपाइले स्क्रिलमा लगइन गर्नुहोस् । त्यसपछि मेन्युको माथिल्लो भागमा रहेको मोबाइल वालेट्स विकल्पमा क्लिक गर्नुस् । अब सूचिमा रहेको ‘इसेवा नेपाल’ विकल्प रोज्नुहोस् र तपाईले इसेवा रजिस्टर गर्दा प्रयोग गरेको फोन नं. राख्नुहोस् ।

एकपटक तपाईले आफ्नो स्क्रिल अकाउन्टमा इसेवा वालेट विकल्प थप्नुभएपछि ड्यासवोर्डको पुछारमा रहेको ‘विथड्रल’ वटनमा क्लिक गरेर आफूले चाहेको रकम तपाइको इसेवा वालेटमा ट्रान्सफर गर्न सक्नुहुन्छ । यसबीचमा तपाइको इसेवा अकाउन्टमा रकम प्राप्त भएको नोटिफिकेशन इसेवाको एसएमएसमार्फत पाएको हुनुपर्दछ ।

यसरी स्क्रिलबाट इसेवामा रकम ट्रान्सफर गर्दा झिकेको जम्मा रकमको १ प्रतिशत स्क्रिलले काट्दछ ।

Source: Living With ICT (https://livingwithict.com/withdraw-skrill-funds-via-esewa-from-nepal/)