Search

बिजुलीको महशुल भुक्तानी अन्लाईनबाट गर्दा ध्यान दिनुपर्ने कुराहरु

बिजुलीको महशुल भुक्तानी अन्लाईनबाट गर्दा ध्यान दिनुपर्ने कुराहरु
इसेवा एक मोबाईल खाता हो जसको प्रयोग गरी ग्राहकहरुले बत्ति, टेलिफोन, ईन्टरनेट, खानेपानी, बस/हवाई टिकटका साथै विभिन्न सुविधाहरुको अनलाईन पेमेन्ट गर्न सक्नुहुन्छ । इसेवाको प्रयोग गरी थुप्रै ग्राहकहरुले आफ्नो समयको साथै पैसाको पनि बचत गर्न सफल हुनुभएको छ । यसरी इसेवा प्रयोग गर्ने क्रममा, ग्राहकहरुका लागि सबै भन्दा फाइदाजनक ठहरिएको एउटा सुविधा हो बिजुलीको महशुल भुक्तानी । हरेक महिना ६००००० भन्दा बढी ग्राहकले इसेवाबाट बिजुलीको बिल भुक्तानी गर्ने गर्दछन् । ग्राहकहरुले बिजुलीको महशुल नेपाली समय बिहानको १० बजे देखि बेलुकी १२ बजे सम्ममा गर्नसक्नुहुन्छ यसरी बिल भुक्तानी गर्ने क्रममा कहिलेकाहिँ ग्राहकहरुलाई केहि समस्या आइपर्न सक्छ, जस्तै:
  • Meter Reader आएको दिन कोही ग्राहकहरुले बिल भुक्तानी गर्न खोज्नु हुँदा इसेवामा बिलको रकम नदेखिन सक्छ । कहिले काही तपाईंको बिलको रकम अप्लोड हुनको लागि १/२ दिन लाग्न सक्छ तर त्यही दिन भुक्तानी गर्न चाहनुहुन्छ भने Advance Payment बाट सहजै भुक्तानी गर्न सक्नुहुन्छ ।
  • यस्तै कहिलेकाँही ग्राहकहरुको बिलको विवरण पनि नदेखिएको खण्डमा, ग्राहकले १/२ दिन पछि भुक्तानी गर्न अनुरोध गर्द छौँ ।
  • यदी कोही ग्राहकले ३ महिना भन्दा बढीको बिल भुक्तानी गर्नुभएको छैन भने, "Has Old Dues" भनेर सुचना देखाइने छ । यस्तो अवस्थामा नेपाल विद्युत प्राधिकरण्को नियमावली अनुसार ग्राहकहरुले १ पटकको लागि काउन्टर गई भुक्तानी गर्नुपर्ने हुन्छ ।
  • यसरी नै कहिलेकाहिँ प्राविधिक समस्याको कारणले गर्दा महसुल भुक्तानी गर्न खोज्दा Payment Error भनेर देखिन सक्छ । यस्तो समस्या आइपरेमा नआत्ती इसेवाको टोल-फ्री नम्बर १६६०-०१-०२१२१ मा सम्पर्क गर्नुहोस् अथवा इसेवाको Facebook र Viber +९७७ ९८६८८४२१२१ मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ।
  • ग्राहकहरुले अघिल्लो महिनाको बिल भुक्तानी गरिसक्दा पनि बिलमा २ महिनाको रकम देखिएको हुन सक्छ । यस्तो समस्या आइपरेमा हजुरले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । हामी हजुरको समस्याको समाधान गर्नेछौँ ।
यस्तै हजुरलाई थप अरु केहि जानकारी चाहिएमा हामीलाई जुन बेला पनि सम्पर्क गर्न सक्नुहुन्छ ।