एक तहको अध्ययन पुरा गरिसकेपछि वा अनुभव बटुली सके पछि नेपाल राष्ट्र बैंकमा जागिरका लागि धेरै जसोले हेरिरहेका हुन्छन् । कुनै कुनै समयमा मात्रै नेपाल राष्ट्र बैंकले पदपुर्तीका लागि आवहान गर्दछ । निवेदन दिने समयमा फारम भरी विवरण पेश गर्नु पर्ने हुन्छ । फारम बुझाउदा केहि शुल्क लाग्ने हुन्छ र सोही फारमको शुल्क इसेवाबाट सजिलै बुझाउन सक्नु हुनेछ ।
नेपाल राष्ट्र बैंकमा आवेदन फारम भर्नका लागि निम्न प्रक्रिया पुरा गर्नुहोस् ।
१. इसेवामा "Popular Services" मा रहेको "Nepal Rastra Bank Recruitment 2077" मा जानुहोस् । २. अबको पेजमा दरखास्त फारम भर्दा ध्यान दिनु पर्ने कुराहरु राम्ररी पढ्नुहोस् ३. आवेदन बुझाउनु अघि तपाईंले यहाँ आफुलाई दर्ता गर्नु पर्ने हुन्छ । यसका लागि आफुले आवेदन दिन खोज्नु भएको पदमा Apply मा थिच्नुहोस् वा दाया माथि कुनामा रहेको "Registration" मा क्लिक गर्नुहोस् । ४. यहाँ आफ्नो नाम, दैनिक प्रयोग हुने ईमेल ठेगाना र पास्वर्ड राख्नुहोस् र captcha code राखी continue मा क्लिक गर्नुहोस् । नोट: यहाँ राखिएको ईमेलमा तपाईंलाई दरखास्त स्विकृत वा अस्विकृत भएको जानकारी गराइएने भएको हुँदा दैनिक रुपमा प्रयोग हुने ईमेल राख्नु होस् । ५. तपाईंको दर्ता प्रक्रिया पुरा भएको छ र Login ID पाउनुहुनेछ । (Login ID सुरक्षित राख्नु हुन अनुरोध छ) । ६. अब आफुले आवेदन दिन खोज्नु भएको पदमा Apply मा क्लिक गर्नुहोस् । ७. यहाँ Bishall font मा आफ्नो पुरा नाम, थर भर्नुहोस् । यस सँगै जन्ममिति भर्नुहोस् । साथै सम्मिलित हुन चाहनुभएको समुह छान्नुहोस् । अब स्थायी, सम्पर्क ठेगाना र नागरिता विवरण अङ्ग्रेजिमा भर्नुहोस् । यस पश्चात पारिवारिक विवरण Bishall font मा भर्नुहोस् । अब शैक्षिक विवरण र कार्य अनुभव विवरण अङ्ग्रेजिमा भर्नुहोस् । ८. अब मागिएको सबै कागजपत्र तथा प्रमाणपत्रको फोटो 1 MB भन्दा कममा राख्नुहोस् र submit मा क्लिक गर्नुहोस् । ९. अब फारम भरिसके पछि, रकम बुझाउनका लागि इसेवा छान्नुहोस् र इसेवामा लग इन गरी आवेदन फारमको रकम बुझाउनुहोस् ।फारम बुझाउने अन्तिम मिति: २३/०९/२०७७
के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।
