‘भ्याली फ्युल सेन्टर’ काठमाडौंको ज्ञानेश्वर एरीयामा रहेको एक परिचित पेट्रोल पम्प हो। यसका संचालक भेषराज कट्टेल हुनुहुन्छ।
एक वर्ष अघि उहाँले आफ्नो पेट्रोल पम्पमा इसेवाको QR पेमेन्ट सिस्टम जोड्नुभयो।
सुरुवातका दिन तिर त ‘कोहि ग्राहकले QR बाटै तिर्लान् र?’ भन्नेमा उहाँ आफैलाई शंका थियो। तर पहिलो हप्तामा नै २-३ जना ग्राहकले इसेवाको QR बाटै पैसा तिर्नुभयो र यो संख्या विस्तारै बढ्दै गयो।
पम्पमा तेल हाल्न आउने ग्राहकले QR Code स्क्यान गरेर पैसा तिरीसकेपछि उहाँको मोबाईलमा तुरुन्त नोटिफिकेसन आउँछ। यहि कारणले QR भुक्तानी उहाँलाई एकदमै सहज र छरितो लाग्छ।
“QR बाट भुक्तानी लिन सजिलो छ। ग्राहकले QR स्क्यान गरेर पैसा तिरेपछि उक्त पैसा स्वत: रुपमा कम्पनीको बैंक खातामा तुरुन्तै जम्मा हुन्छ। बैंकसम्म पुगेर नगद जम्मा गर्ने झन्झट गर्नु परेन। QR भुक्तानीले मेरो आफ्नै दैनीकीलाई सहज बनाएको जस्तो लाग्छ।” उहाँले हामीसँग कुराकानी गर्दै गर्दा भन्नुभयो।
“पैसा गन्ने अनि फिर्ता दिनु पर्ने झन्झट पनि गर्नु परेन। यो प्रविधिको दुनियाँमा यसरी मोबाईलबाटै भुक्तानी गर्न अझै धेरै मान्छे जागरुक हुनुपर्छ” उहाँ भन्नुहुन्छ।
उहाँको पेट्रोल पम्पमा कोहि यस्ता पनि ग्राहक छन् जसले साथमा नगद बोक्न भुलेका थिए र नजिकैका पेट्रोल पम्पमा QR बाट पैसा तिर्ने सुविधा नभएको कारण घुम्दै उहाँकोमा आएका थिए। “त्यसरी घुम्दै मेरोमा आउने पनि थुप्रै हुनुहुन्छ,” केहि दिन अघि हामीसँग भएको कुराकानीको क्रममा उहाँले उत्साहित हुँदै भन्नुभएको थियो।
उक्त पेट्रोल पम्पमा आउने ग्राहकले पनि सजिलै मान्नुहुन्छ QR बाट पैसा तिर्न। उहाँका अनुसार दैनिक औसत रुपमा १३-१४ जना ग्राहकले QR स्क्यान गरेरै पेट्रोलको पैसा तिर्ने गर्छन्।
“उहाँको पेट्रोल पम्पमा औसतमा एक दिनमा २५,००० रुपैयाँको भुक्तानी QR बाटै आउँछ। प्रतिलिटर १०४ रुपैयाँको दरले हिसाब गर्दा यो भनेको करीब २४० लिटरको भुक्तानी हो। एक दिनमा उहाँको पेट्रोल पम्पबाट ६००० लिटर बिक्री हुन्छ। हिसाब नै गर्ने हो भने QR बाट आउने भुक्तानी जम्मा ४ प्रतिशत मात्रै हुन्छ। तर पनि QR बाट पैसा तिर्ने ट्रेन्ड उत्साहजनक रहेको उहाँ बताउनुहुन्छ।”
QR बाट तिरेको कारोबार सुरक्षित छ। नगद पैसा जस्तो हराउने, चोरी हुने जस्ता टेन्सन लिनु पर्दैन। साथै, दिनमा कतिवटा कारोबार भएछ, के-कति रकमको कारोबार भएछ, सबै रेकर्ड रहन्छ। अनि, कारोबारको रेकर्ड कम्प्युटर र मोबाईलबाटै हेर्न मिल्छ। त्यसैले विद्युतीय कारोबारको बारेमा अझै धेरै जनचेतना बढाउनुपर्ने उहाँको बिचार छ।
भेषराज कट्टेलजीले त आफ्नो पेट्रोल पम्पमा QR बाटै भुक्तानी लिन थाल्नुभयो। तपाईंले आफ्नो व्यवसायमा QR बाट भुक्तानी लिन कहिले थाल्ने ?
यदि तपाईं पनि आफ्नो व्यवसायमा QR मार्फत नै भुक्तानी लिन सुरु गरी डिजिटल नेपाल अभियानमा सामेल हुन चाहनुहुन्छ भने यो फर्म भर्नुहोला। तपाईं हामीलाई हाम्रो इमेल qr@esewa.com.np अथवा हाम्रो सम्पर्क नम्बर १६६०-०१-०२१२१ मा सम्पर्क गर्न सक्नुहुन्छ। तपाईंको रिक्वेस्ट प्राप्त भएपछि QR सुचारु गर्ने बारे थप प्रकृयाका लागि हाम्रा प्रतिनिधिले तपाईंलाई सम्पर्क गर्नुहुनेछ।
