इसेवाबाट आजै काेराेना भाइरस बीमा गर्नुहाेस्, रू. १,००,००० सम्मकाे बिमा रकम पाउनुहाेस्

इसेवाबाट आजै काेराेना भाइरस बीमा गर्नुहाेस्, रू. १,००,००० सम्मकाे बिमा रकम पाउनुहाेस्

फाल्गुन महिनामा हामीले पहिलो पटक नेपालम कोरोना भाइरस संक्रमित व्यक्तिको बारे सुनेका थियौँ । यस पछी कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ र आज सम्ममा नेपाल भित्र ४० भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । यो भाइरसको संक्रमण बढ्दै गए लगतै हामी सबैले कोरोना भाइरस बीमाको आवश्यक्ता महसुस गरेका छौँ । यही आवश्यक्तालाई मध्यनजर गर्दै बीमा समितीद्वारा कोरोना भाइरस बीमालेखको सुरुवात भएको छ ।

इसेवामा आवद्ध सबै निर्जिवन बीमा कम्पनीहरुले यो सुविधाको सुरुवात गरेका छन् । कोरोना भाइरस संक्रमित व्यक्तिहरु आर्थिक सहयोग पुर्‍याउनु नै यो बीमाको मुख्य उदेष्य रहेको छ । ग्राहकहरुले व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नुहुनेछ ।

बीमा रकम बीमा शुल्क एकल बीमा शुल्क सामुहिक (परिवार वा संस्थाको सदस्यहरू)
रू. १,००,००० रू. १,००० प्रति व्यक्ति रू. ६०० प्रति व्यक्ति
रू. ५०,००० रू. ५,०० प्रति व्यक्ति रू. ३,०० प्रति व्यक्ति

ग्राहकहरुले कोरोना भाइरस बीमा भुक्तानी गर्नुभएको १२ महिना वा कोरोना भाइरस पोजिटिभ पुष्टिइ हुन्जेल सम्म यो बीमा योजनाको फाइदा लिन सक्नुहुनेछ । बीमा शुल्क भुक्तानी गरेको १५ दिन सम्म प्रतिक्षा अवधी रहने छ र १५ दिन भित्र कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा यो बीमा लागु हुनेछैन । १५ दिनको प्रतिक्षा अवधी सकिएपछी भने कोही व्यक्तिमा कोरोना भाइरस पोजिटिभ पुष्टि हुनुभएमा पुष्टि, हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्नसक्नुहुनेछ ।

आजै कोरोना भाइरस बीमा गराउनुहोस् र १ लाख सम्मको आर्थिक सुरक्षाको लागि योग्य हुनुहोस् । बीमा गर्नका लागि इसेवा एप को इन्स्युरेन्स सेक्सनमा गइ आफुले रुचाएको बीमा कम्पनिको पोलिसीका लागि भुक्तानी गर्न सक्नुहुनेछ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

90 thoughts on “इसेवाबाट आजै काेराेना भाइरस बीमा गर्नुहाेस्, रू. १,००,००० सम्मकाे बिमा रकम पाउनुहाेस्

    1. Hello Sir,
      You can open the eSewa app and inside insurance section, you can find COVID-19 insurance of different companies and pay for them.
      Thank you.

  1. बिमा अबधी सिधिय पछि पैसा फिर्ता पाइन्छ नाइ र कोरोना संक्रमित भयको कति समयमा बिमा रकम पाइन्छ।

    1. नमस्ते सर
      बीमा अवधी सकिएपछी यदी कोरोना भाइरसा पुस्टी भएको छैन भने रकम फिर्ता गरिने छैन ।
      धन्यवाद

  2. येदि पुस्ती नभयेको खन्दमा के premium अथवा पैसा refund हुन्छ कि नाइ 1000 र 500 जुन गरेपनी सपरिवर या ब्यक्तिगत

  3. There are 4 members in my family. If I pay 2400 as insurance rate for the 50,000 scheme then will my family get 50,000*4 or just 50,000, when all four members get affected by the virus??

    1. Hello Sir,
      Rs. 50,000 is the overall amount you will be receiving.
      Thank you.

  4. Maile pay gare but notification aayena insurance company bata

Comments are closed.