फाल्गुन महिनामा हामीले पहिलो पटक नेपालम कोरोना भाइरस संक्रमित व्यक्तिको बारे सुनेका थियौँ । यस पछी कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ र आज सम्ममा नेपाल भित्र ४० भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । यो भाइरसको संक्रमण बढ्दै गए लगतै हामी सबैले कोरोना भाइरस बीमाको आवश्यक्ता महसुस गरेका छौँ । यही आवश्यक्तालाई मध्यनजर गर्दै बीमा समितीद्वारा कोरोना भाइरस बीमालेखको सुरुवात भएको छ ।
इसेवामा आवद्ध सबै निर्जिवन बीमा कम्पनीहरुले यो सुविधाको सुरुवात गरेका छन् । कोरोना भाइरस संक्रमित व्यक्तिहरु आर्थिक सहयोग पुर्याउनु नै यो बीमाको मुख्य उदेष्य रहेको छ । ग्राहकहरुले व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नुहुनेछ ।
| बीमा रकम |
बीमा शुल्क एकल |
बीमा शुल्क सामुहिक (परिवार वा संस्थाको सदस्यहरू) |
| रू. १,००,००० |
रू. १,००० प्रति व्यक्ति |
रू. ६०० प्रति व्यक्ति |
| रू. ५०,००० |
रू. ५,०० प्रति व्यक्ति |
रू. ३,०० प्रति व्यक्ति |
ग्राहकहरुले कोरोना भाइरस बीमा भुक्तानी गर्नुभएको १२ महिना वा कोरोना भाइरस पोजिटिभ पुष्टिइ हुन्जेल सम्म यो बीमा योजनाको फाइदा लिन सक्नुहुनेछ । बीमा शुल्क भुक्तानी गरेको १५ दिन सम्म प्रतिक्षा अवधी रहने छ र १५ दिन भित्र कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा यो बीमा लागु हुनेछैन । १५ दिनको प्रतिक्षा अवधी सकिएपछी भने कोही व्यक्तिमा कोरोना भाइरस पोजिटिभ पुष्टि हुनुभएमा पुष्टि, हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्नसक्नुहुनेछ ।
आजै कोरोना भाइरस बीमा गराउनुहोस् र १ लाख सम्मको आर्थिक सुरक्षाको लागि योग्य हुनुहोस् । बीमा गर्नका लागि इसेवा एप को इन्स्युरेन्स सेक्सनमा गइ आफुले रुचाएको बीमा कम्पनिको पोलिसीका लागि भुक्तानी गर्न सक्नुहुनेछ ।