Search

ई–सेवा द्धारा वामीमा जोन मिट कार्यक्रम सम्पन्न !

ई–सेवा द्धारा वामीमा जोन मिट कार्यक्रम सम्पन्न !
Source: Pushpanjali Online अनिश शर्मा गैरे गुल्मी ३० कार्तिक पैसा, पाउन, पठाउन र तिर्नको निम्ती सजिलो माध्यम ई–सेवाको आयोजनामा शनिवार वामीमा जोन मिट कार्यक्रम सम्पन्न भएको छ । ई–सेवाको वामीटक्सार सेन्टर र वुटवल शाखा कार्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । शनिवार गुल्मी तथा बाग्लुङ्गमा जोनको रुपमा काम गर्ने १० जना व्यक्तिहरुलाइ प्रमाणपत्र सहित सम्मान गरिएको थियो साथै सेवाको बिषयमा बिशेष परामर्श पनि प्रदान गरिएको थियो । हाल ई–सेवा मार्फत मोबाइल रिचार्ज, विद्यालयको शुल्क भुक्तानी, हवाई टिकट, विजुलीको विल भुक्तानी, बस टिकट, ५२ भन्दा बढी बैंकमा रकम ट्रान्सफर, विमा शुल्क भुक्तानी, खानेपानी शुल्क भुक्तानी, रेमिटान्स आदिको काम गर्न सकिन्छ । ई–सेवाले आफ्नो काम गर्ने क्षेत्र अझै फराकिलो बनाउने अभियानमा लागेको ई–सेवाको वामीटक्सार सेन्टरका प्रमुख अर्जुन सापकोटाले जानकारी दिए । ई–सेवाले सन २००९ बाट आधिकारीक रुपमा सेवा सुरु गरेको थियो । हाल यसमा ६० हजार एजेन्टहरु सहभागी भइ कारोबार गरिरहेका छन् । शनिवार सम्पन्न भएको कार्यक्रममा इसेवा सेन्टर वामीका प्रमुख अर्जुन सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला प्रतिनिधि रवि घिमिरे र अविशेख भण्डारीको सञ्चालन तथा सहजीकरण रहेको थियो ।