Search

आधिकारिक प्रतिनिधि (साबिक एजेन्ट) हरू सम्बन्धी नयाँ निर्देशिका

आधिकारिक प्रतिनिधि (साबिक एजेन्ट) हरू सम्बन्धी नयाँ निर्देशिका

आधिकारिक प्रतिनिधि (साबिक एजेन्ट) हरूका लागि नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ सम्बन्धी व्यवस्थाको जानकारी:

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८१ को आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्था (अ.प्रा. निर्देशन नं. ८/०८१ ख) अनुसार साविकमा इसेवा एजेन्ट भनि परिभाषित गर्दै आएकोमा अब उपरान्त इसेवा आधिकारिक प्रतिनिधि (Authorized Representative) को रूपमा सम्बोधन गरिनेछ।

आधिकारिक प्रतिनिधिको कागजात तथा विवरणसम्बन्धी व्यवस्था बमोजिम नियुक्त हुने आधिकारिक प्रतिनिधिसँग सम्झौता गर्दा कम्तीमा देहायका कागजात तथा विवरणहरु अनिवार्य गरिएको छ:–

क) नाम, ठेगाना, व्यवसायको प्रकृति, कारोबार गर्ने भौगोलिक क्षेत्रलगायतका विस्तृत व्यावसयिक तथा व्यक्तिगत विवरण ।
ख) कम्पनी दर्ता/व्यवसाय दर्ताको अद्यावधिक प्रमाण ।
ग) स्थायी लेखा नम्बरको प्रमाण ।
घ) संस्थापक/सञ्चालकको नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रमाणित प्रतिलिपि ।
ङ) सम्पर्क ठेगाना (मोबाइल नं र इमेल ठेगाना दुबै) ।
च) बैंक वा वित्तीय संस्थासँगको कारोबारमा कालोसूचीमा नपरेको प्रमाण वा परेको भए फुकुवा भएको कम्तीमा ३ वर्ष पूरा भएको स्वःघोषणा ।
छ) प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि (Criminal Record) नदेखिएको वा देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भएको विवरण ।
ज) सम्पत्ति शुद्धीकरण र आतङ्कवादी कार्यमा वित्तीय लगानीको क्रियाकलापमा संलग्न नरहेको स्वःघोषणा ।

साथै पहिले, इसेवामा विभिन्न तहमा वर्गीकरण गरि एजेन्ट नियुक्त हुने गरेकोमा अब सबै आधिकारिक प्रतिनिधिहरु समान रुपमा रहने छन्। यसले सेवा विस्तार गर्ने क्रममा समन्वय र सहजता ल्याउने अपेक्षाका साथै आधिकारिक प्रतिनिधि सेवामा थप केहि परिवर्तन पनि भएको छ ।

निर्देशिका सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् 

तपाईं इसेवाको अधिकारिक प्रतिनिधि (एजेन्ट) हुनु हुन्छ र कुनै कागजात पुर्ण छैन भने यो सुचना प्रकाशन भएको मितिबाट ३५ दिन भित्र आवश्यक कागजी प्रक्रिया पुर्याएर इसेवालाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । साथै अधिकारिक प्रतिनिधि भई काम गर्न इच्छुक हुनुहुन्छ भने माथि उल्लेखित कागजात अनिवार्य गरिएको जानकारी गराउँदछौँ ।

इमेल ठेगानाः agent@esewa.com.np

Viber Number: +977 3213132131