Search

अब इसेवामा पैसा राख्नुहोस् किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट

अब इसेवामा पैसा राख्नुहोस् किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विगत १५ वर्ष भन्दा बढी समय देखि ग्राहकलाई सुविधा प्रदान गर्दै आएको छ । कृषि लगायतका सामाग्रीहरु ॠणमा दिने सेवाबाट सुरु भएको यो सहकारीले आजभोली ग्राहकलाई आर्थिक लेन्देन तथा अरु सिमित बैँकिङ्ग सेवा समेत प्रदान गरिरहेको छ । ग्राहकहरुले सेभिङ, डिपोजिट, तथा ॠणको सुविधा लिन सक्छन् र साथै मोबाईल बैँकिङ्गको पनि लाभ उठाउन सक्छन् ।

ग्राहकको सहजताका लागि यस सहकारी संस्थाले eSewa Pvt. Ltd. सँग सम्झौता गरेको छ । अब, किसान बहुउद्देश्यीय सहकारी संस्थाका ग्राहकवर्गले सजिलै eSewa मा पैसा हाली विभिन्न सेवा का लागि अन्लाईन बिल भुक्तानीको फाइदा उठाउन सक्नेछन् । किसान बहुउद्देश्यीय सहकारीको मोबाईल बैँकिङ्गबाट eSewaमा पैसा हाली ग्राहकवर्गले आफ्नो मोबाईल रिचार्ज्, बिजुली को बिल, इन्टेरनेटको बिल, हवाइजाहाजको टिकट, बस टिकट, तथा अरु थुप्रै सेवा को अन्लाईन भुक्तानी गर्न सक्नुहुनेछ ।