कहिले काँही समय यस्तो आइपर्छ, बैँक खातामा पैसा अपरझट चाहिन्छ । अब कहिले बैँकको शाखा खोज्नु, कहिले पुग्नु अनि रकम जम्मा गर्नु ? यस्तै अवस्थाका लागि सजिलो उपाय: आफन्त/ साथीभाईलाई भनि इसेवा लोड गरी इसेवाबाट तुरुन्तै बैँक ट्रान्स्फर गरौँ ।आफ्नो बैंक खाता इसेवामा लिंक गर्नुहोस् र
हरेक महिना (अङ्रेजी क्यालेन्डर) रु ५,००० सम्म वा ३ पटक सम्म फ्री बैंक ट्रान्स्फर गर्नुहोस् ।
मोबाईल एपबाट बैँक ट्रान्स्फर गर्ने प्रकृया:
१. इसेवा लगिन गर्नुहोस् ।
२. “Bank Transfer” मा थिच्नुहोस् ।
३. बैँक अकाउन्ट नम्बर प्रयोग गरी रकम ट्रान्स्फर गर्न चाहनुहुन्छ भने “Account Number”, अथवा बैँकमा खाता खोल्दा प्रयोग गर्नु भएको मोबाईल नम्बर प्रयोग गरी रकम ट्रान्स्फर गर्न चाहनुहुन्छ भने “Mobile number” अप्सन छान्नुहोस् ।
४. Destination bankमा बैँक ट्रान्स्फर गर्न चाहनु भएको बैँक छानी अकाउन्ट नम्बर / मोबाईल नम्बर, खातावालाको नाम, रकम, र रकम ट्रान्स्फर गर्नुको कारण खुलाई “Check Transfer” मा थिच्नुहोस् ।
५. रकम र रकम ट्रान्स्फर चार्ज पूर्ण एक पटक जाँच गरी “Proceed” मा थिच्नुहोस् ।
६. सबै विवरण ठीक छ भनेर जाँच गरी “Confirm” मा थिच्नुहोस् ।
७. MPIN/ Fingerprint हाली Bank Transfer
प्रक्रिया सम्पन्न गर्नुहोस् ।
वेबसाईट बाट बैँक ट्रान्स्फर गर्ने प्रकृया:
१. इसेवा लगिन गर्नुहोस् ।
२. “Bank Transfer” मा थिच्नुहोस् ।
३. बैँक अकाउन्ट नम्बर प्रयोग गरी रकम ट्रान्स्फर गर्न चाहनुहुन्छ भने “Account Number”, अथवा बैँकमा खाता खोल्दा प्रयोग गर्नु भएको मोबाईल नम्बर प्रयोग गरी रकम ट्रान्स्फर गर्न चाहनुहुन्छ भने “Mobile number” अप्सन छान्नुहोस् ।
४. Destination bankमा बैँक ट्रान्स्फर गर्न चाहनु भएको बैँक छानी अकाउन्ट नम्बर / मोबाईल नम्बर, खातावालाको नाम, रकम, र रकम ट्रान्स्फर गर्नुको कारण छान्नुहोस् ।
५. देखाइएको रकम र बैँक ट्रान्स्फर चार्ज हेरी “Proceed” मा क्लिक गर्नुहोस् ।
६. अकाउन्ट भ्यालिडेसन ठीक छ भने “Proceed” मा क्लिक गर्नुहोस् ।
[कुनै कुनै बैँकमा यो चरण नदेखिन पनि सक्छ, अकाउन्ट भ्यालिडेसन नदेखाइएको अवस्थामा अकाउन्ट नम्बर र नेम कन्फर्म गर्नु नभुल्नुहोला]
७. सबै विवरण ठीक छ भनि जाँच गरी “Submit” मा थिच्नुहोस् र Bank Transfer
प्रक्रिया सम्पन्न गर्नुहोस् ।
नोट: बैँक ट्रान्स्फर सेवा दिनको १० पटक रु १,००,००० सम्म र महिनाको ५० पटक रु ५,००,००० सम्म लागु हुनेछ ।
थप सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई
Facebook,
Instagram and
Twitterमा follow गर्न नभुल्नुहोला।