सुनसरीको इनरुवाका जीवन कुमार श्रेष्ठले फेमिली स्टोर चलाउनुहुन्छ। पसल उहाँको पुर्ख्यौली पेसा जस्तै हो। उहाँको पसल राम्रै चलिरहेको छ। आम्दानी पनि राम्रै छ।
आफ्ना साथीभाईले इसेवा चलाएको देखेर उहाँले पनि करिब ३ वर्ष अघि आफ्नो फोनमा इसेवा एप इन्स्टल गर्नु भयो। र त्यसयता उहाँले सकृय रुपमा इसेवा चलाईरहनुभएको छ। इसेवाको सुविधा राम्रो लागेर एक वर्ष अघि उहाँ इसेवा एजेन्ट पनि बन्नुभयो।
इसेवाले बेला बेलामा धेरै प्रकारका भुक्तानी सुविधा थपिरहेको हुन्छ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ नयाँ फिचरहरु ल्याईरहेको हुन्छ। यस्तैमा एक वर्ष अघि जस्तो QR भुक्तानी आयो। कस्तो रहेछ ट्राई गरौँ न त भनेर मैले पनि आफ्नो पसलमा QR स्क्यान गरेर मोबाईलबाटै पैसा तिर्न मिल्ने सुविधा सुरु गरेँ। -जीवन कुमार श्रेष्ठ, सुनसरी“सुरु-सुरुमा त यस बारेमा ग्राहकलाई बुझाउनै गाह्रो हुन्थ्यो। QR मार्फत भुक्तानी गर्नेको संख्या फाट्टफुट्ट मात्रै थियो। तर पछिल्लो समयमा QR बाट भुक्तानी गर्नेको संख्या बढेको छ। कहिले काहिँ त एक दिनमै ४-५ वटासम्म भुक्तानीहरु QR बाट हुने गरेको छ। QR स्क्यान गरेर सामानको पैसा तिर्ने धेरै जसो चाहिँ कलेज पढ्ने विद्यार्थी र जागीरे नै हुन्छन्,” उहाँ भन्नुहुन्छ। QR स्क्यान गरेर पैसा तिर्नेको संख्या बढेपछि उहाँले इसेवाको अफिसमा सम्पर्क गरेर काउन्टरमा राख्ने Scan To Pay Table Top पनि मगाउनुभयो। उहाँले काउन्टरमा कार्ड स्वाईप गर्ने (POS) मेसिन पनि राख्नु भएको छ। तर उहाँलाई कार्ड भन्दा पनि QR भुक्तानी सजिलो लाग्छ। इसेवा र फोनपे मार्फत भुक्तानी गरेको केहि सेकेन्डमै एकाउन्टमा पैसा आएको नोटिफिकेसन आउँछ। जबकि, कार्डबाट तिर्दा कहिले काहिँ एक दुई मिनेट लाग्न सक्छ। उहाँका अनुसार कार्डको तुलनामा QR भुक्तानी धेरै सहज छ। QR बाट भुक्तानी गर्दा ग्राहक र पसले दुवैलाई फाईदा छ। पसलेलाई चानचुन (छुट्टा) पैसाको टेन्सन लिनु पर्दैन। साथै, ग्राहकले पनि चानचुन पैसाको अभावमा चकलेट, चुइंगम आदि लिनु पर्दैन। अबको भविष्य डिजिटल भुक्तानी नै हो जस्तो लाग्छ उहाँलाई।
