Search

Online school fee payment procedure

Online school fee payment procedure
“आजका बालबालिका नै भोलीका देशका कर्णधार हुन्” देशको विकास र बालबालिकाको सुन्दर भविष्यका लागि शिक्षा एक अतिआवश्यक आधार हो । यही कारण नेपालमा पनि  थुप्रै स्कुल, कलेजहरु खुली रहेका छन् । ती स्कुलहरुमा अभिभावकहरुले आफ्नो बालबालिकाको मासिक शुल्क बुझाउनु पर्ने हुन्छ तर व्यस्तताका कारण अभिभावकहरुले पाठ्यक्रम शुल्क बुझाउन स्कुल पुग्न अथवा बैंकको काउन्टर पुग्न नभ्याइरहेको अवस्था सबैले भोगेको देखिन्छ । सबैको व्यस्त जिवनलाई मध्यनजर गर्दै, इसेवाले स्कुल फी अनलाईन बुझाउने सेवा हरेक स्कुलमा पुराउने लक्ष्य लिएको छ र थुप्रै स्कुलहरु इसेवामा आवद्ध गर्न पनि सफल भइसकेको छ । इसेवामा आवद्ध स्कुलको शुल्क अनलाईन बुझाउन निम्न लिखित प्रक्रिया अपनाउनुहोस्:

मोबाईल एपबाट बिल भुक्तानी गर्ने प्रकृया:

१. इसेवा एपमा लगइन गर्नुहोस्। २. एपमा देखिएको “View More” मा थिच्नुहोस्। ३. “School Fee” लेखिएको चिन्हमा थिच्नुहोस्। ४. आफूले भुक्तानी गर्न चाहेको Montessori/ school/ college को चिन्हमा थिच्नुहोस्। ५. भुक्तानी गर्न खोज्नु भएको स्कुलको लोगोमा थिच्नुहोस्। ६. विद्यार्थीको नाम, कक्षा, फी तिर्न चाहेको महिना, रकम, रकम जम्मा गर्ने व्यक्तीको नाम साथै अन्य विवरण भर्नुहोस्। ७. देखाइएको विवरण सबै ठीक छ भनेर जाँच गरी “Confirm” मा थिच्नुहोस्। ८. आफ्नो MPIN/ Fingerprint राखी शुल्क बुझाउने प्रकृया पुरा गर्नुहोस्।

वेबसाईटबाट बिल भुक्तानी गर्ने प्रकृया:

१. eSewa मा गई लगइन गर्नुहोस्। २. Search barमा भुक्तानी गर्न खोज्नुभएको विद्यालयको नाम खोज्नुहोस्। ३. विद्यार्थीको नाम, कक्षा, फी तिर्न चाहेको महिना, रकम, रकम जम्मा गर्ने व्यक्तीको नाम साथै अन्य विवरण भर्नुहोस्। ४. देखाइएको विवरण सबै ठीक छ भनेर जाँच गरी “Confirm” मा थिच्नुहोस्। ५. आफ्नो password राखी शुल्क बुझाउने प्रक्रिया पुरा गर्नुहोस्।