Search

इसेवा इजीलोन: नेपालको सबैभन्दा स्मार्ट लोन सेवा

  • 16 Likes
इसेवा इजीलोन: नेपालको सबैभन्दा स्मार्ट लोन सेवा

के तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ, यदि तपाईंको डिजिटल वालेटले तपाईंलाई ऋण पनि दिने भइदिएको भए कति गज्जब हुन्थ्यो होला ? अब कल्पना गर्न छाड्नुहोस् किनभने अब नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी अब एजेन्हटरुलाई छिटो छरितो तरिकाले ऋण प्रदान गर्ने पहिलो डिजिटल वालेट पनि बनेको छ; इसेवाले ल्याएको छ इसेवा इजीलोन (easyloan)!

नेपालको अग्रणी डिजिटल वालेट इसेवाले एउटा ऐतिहासिक कदम चाल्दै नेपालको डिजिटल अर्थतन्त्रमा नयाँ क्रान्तिको थालनी गर्दै ऋण दिने नेपालको पहिलो डिजिटल वालेट बनेको छ !

इजीलोन (easyloan) भनेको के हो ?

एकछिन कल्पना गर्नुस त, तपाईंलाई अपर्झट केहि सामान खरिद गर्न वा अनेपक्षित केहि खर्च जुटाउन पैसाको खाँचो पर्यो। वित्तिय संस्थाबाट ऋण लिने प्रक्रिया निकै लामो र झन्झटिलो हुनसक्छ, र यो संग जोडिएको कागजी प्रक्रियापनि निकै झन्झटिलो हुन सक्छ । 

तर अब इसेवा एजेन्टहरुलाई भने त्यस्तो हुने छैन, किनकि हामीले ऋण लिने प्रक्रियालाई निकै सहज बनाएका छौ। इसेवाका एजेन्ट हरुले अब केहि क्लिक वा ट्याप मै पैसा सापटी लिन सक्नेछन।  इजीलोन (easyloan) को सुविधा मार्फत, हाम्रा एजेन्टहरुले इसेवा एपबाटै सजिलै ऋण लिन सक्नेछन्।  यसको कारण हाम्रा एजेन्टहरुले समयको बचतसंगै लामो र झन्झटिलो प्रक्रियाबाट पनि मुक्ति पाउनेछन । 

इसेवा इजीलोनको सुरुवात संगै, इसेवाले वित्तिय प्रविधिको क्षेत्रमा नयाँ फड्को मारेको छ जसको कारण साना तथा मझौला व्यवसायीलाई अपर्झट पैसाको खाँचो परेको बेला लामो झन्झटिलो प्रक्रियामा अल्झिन पर्दैन ।

इजीलोन कसले लिन सक्छन?

इसेवा इजीलोनका लागि आवश्यक योग्यता तथा अन्य मुल्यांकन मापदण्डहरु यस प्रकार रहेकाछन्:

योग्यता:

  • इसेवामाKYC Verified भएको हुनुपर्नेछ ।  
  • इसेवामाAgent को Profile हुनुपर्नेछ ।  
  • व्यवसायदर्ताको प्रमाणपत्र र PAN हुनुपर्नेछ ।  
  • कम्तिमा६ महिनासम्म इसेवामा सक्रिय भएको हुनुपर्नेछ।  
  • राष्ट्रियर अन्तराष्ट्रिय दुवै हवाई टिकटहरु बुकिङ्ग गरेको हुनुपर्नेछ ।  
  • टपअप,  खानेपानि, बिजुलीकाबिल  लगायतका सेवाहरु नियमित रुपमा प्रयोग गरेको हुनुपर्नेछ ।  
  • भुक्तानी प्रयोजनको लागि इसेवाको प्रयोग बढीभन्दा बढी गरेको हुनुपर्नेछ ।  

मुल्यांकनका आधारहरु:

  • आम्दानीको मुल्यांकन कारोबारको संख्या 
  • एजेन्टहरु बाट आयमा भएको योगदान
  • एजेन्टद्वारा गरिएको कुल कारोबारको मात्रा
  • भविष्यमा योग्यता सुनिश्चित गर्नको निमित्त र समयमै इजीलोनको किस्ता भुक्तानी भएको छ वा छैन त्यसको आधारमा पनि मुल्यांकन हुनेछ ।  

अन्य मापदण्डहरु:

  • इसेवाद्वारा जारी गरिएको QR  Merchant को हकमा easy loan को लागि योग्य हुने सम्भावना बढी हुनेछ।  
  • ऋणकोरकमको लागि औसत कारोबारको रकमको आधारमा पनि मुल्यांकन हुनेछ। 
  • लिसकेको easy loan को किस्ता भुक्तानी नियमित रुपमा रहेको खण्डमा भविष्यमा ऋणको लागि योग्यता सुनिश्चित गर्दछ।

एजेन्टहरुले इजीलोन  कसरी लिन सक्छन्?

इसेवा एजेन्टहरुले सजिलैसंग कुनैपनि बेला easyloan लिन सक्छन। easyloan लिने प्रक्रिया यसप्रकार रहेको छ:

  • इसेवाएपमा लगइन गर्नुहोस् ।  
  • Financial Services मागइ easyloan छान्नुहोस्  ।  
  • easyloan छान्नुहोस्अनि अन्य प्रक्रिया पुरा गर्नुहोस् ।  

ट्यारिफ:

  • न्युनतमऋण रकम: रु ३०,००० 
  • अधिकतमऋण रकम: रु २,००,००० 
  • अधिकतमब्याजदर: १७% - १८% प्रति वर्ष 
  • जरिवाना स्वरुप लाग्नसक्ने अतिरिक्त ब्याज: २%
  • सेवाशुल्क: ०.७५% - १.२५ %

ऋणको समयसिमा: ३, ६, ९ र १२ महिना 

यदि ऋण जारि भइसकेपछी किस्ता तिर्न ढिलासुस्ती भएमा अथवा कुनै किस्ता छुटेमा, एजेन्टले निम्न अनुसारका परिणामहरु भोग्नुपर्नेछ: 

  • अर्को पटकका लागि इजिलोनका लागि अयोग्य ठहर गरिनेछ
  • कुनै किस्ता नतिरेको ९० दिन कटेमा कलोसुची (Blacklisting) मा राखिनेछ
  • सम्पूर्ण इसेवा एजेन्ट कारोबारमा रोक लगाइनेछ
  • नेपाल अधिराज्य भरिका सम्पूर्ण वित्तीय संस्थाहरुमा रहेका खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने छ 

इजीलोनको साथ, हाम्रा एजेन्टहरुले अब सहज र सरल तरिकाले बिना धितो ऋण लिन सक्छन, केहि ट्याप मै, बिना कुनै झन्झट! चाहे त्यो केहि समान खरिद गर्नलाई होस् वा आफ्नो व्यवसाय विस्तार गर्न; एउटा सानो व्यवसायीको आर्थिक आवश्यकताहरु हामीले राम्रोसंग बुझेका छौं र तपाईंका यस्तै आवश्यकताहरु पुरा गर्न सहज वातावरण निर्माणका लागि नै हामीले इजीलोनको सुविधा ल्याएका हौँ।  

इजीलोन छिटो, भरपर्दो, सुरक्षित र पारदर्शी सेवा हो, जसको आवेदन प्रक्रिया निकै सहज छ र यसमा कुनै अतिरिक्त शुल्कहरु पनि छैनन्। यो विशेष सुविधा हामीले हाम्रो एजेन्टहरूको व्यावसायिक सफलताको लागि तयार पारेका हौँ। छिटो र भरपर्दो वित्तीय सहयोग प्रदान गर्दै, हामी तपाईंलाई तपाईंका व्यवसायिक लक्ष्यहरू पुरा गर्न र इसेवासँगै अघि बढ्न सहयोग गर्न चाहन्छौं।